पारस जेल पर्दा हिमानी किन हासिन् ?

काठमाडौं, माघ १९– पूर्व युवराज पारस शाह थाइल्याण्डको जेलमा लामै समयका लागि भित्रिएपछि यता निर्मल निवासमा खुसीयाली मनाइएको खबर छ । पारस जेल पर्दा पूर्व राजपरिवार खुसी हुनुको कारण भने कम्तीमा अब उनी जेल बसुन्जेल सुरक्षित भए भनेर हो ।Himani-Shah1
पारस पछिल्लो पटक पक्राउ परेपति करिब तीन महिनादेखि जेलमै छन् । उनी जेल परेपछि पूर्व राजपरिवार खुसी हुनुका कारण रहेको निर्मल निवास स्रोतले जनाएको छ । पहिलो कारण अब जेलमा परेपछि पारसको व्यक्तिगत भौतिक सुरक्षाको चिन्ता रहेन । दोस्रो उनी लागु औषध र प्रेमिकाको चक्करबाट टाढिएकाले हो । तेस्रो कारण भनेको हरेक महिना पैसा पठाउनुपर्ने बोझले हटेकाले हो ।
स्रोतका अनुसार पारस पछिल्लो समय बैंककमा असुरक्षित थिए । लागू औषध कारोबार तथा दुव्र्यसनीबाट पारस असुरक्षित भएपछि उनले पछिल्लो समय कोठा समेत फेरेका थिए । उनी नियमित लागू औषध सेवनका कारण जीर्ण बन्दै गएका थिए, भने प्रेमिकासँगको सम्बन्ध पनि उतारचढावपूर्ण थियो । आजको साँघुमा लेख छापिएको छ ।
प्रेमिकाकै कारण आफू फसेको बताएका पारसले पछिल्लो पटक फेसबुकबाटै माफी माग्दै आफूलाई बिगार्नमा राजदरबारको सम्पत्ति हत्याउन खोज्नेहरु रहेको बताएका थिए । उनले फेसबुकबाटै पत्नि हिमानीप्रति आक्षेप समेत लगाएका थिए ।

0 comments

Write Down Your Responses