धुर्मुसको गालामा प्रियंकाको ओठ, सुन्तली हेरेको हेरैँ

dhurmus-and-priyankaओएस नेपाल, काठमाडौँ, १८ माघ । धुर्मुस अर्थात् सिताराम कट्टेल र सुन्तली अर्थात कुञ्जना घिमिरे बुढा बुढी छोरी सहित पत्रकार सुमन गैरेको बिहेको पार्टीमा पुगेका थिए ।
अन्य कलाकारको समेत बाक्लो उपस्थित थियो । बिहेको पार्टीमा नाच्नेको भिडमा कलाकार नै धेरै देखिन्थे त्यही बीचमा नाच्दै थिइन प्रियंका कार्की ।
फिल्मी पत्रकारको बिहेको निम्तो मान्न धुर्मुस पनि त्यही पुगे । नाच्दै गरेकी प्रियंकाले धुर्मुसको गालामा ओठ जोडीहालिन । उता छोरी बोकेर साइटमा बसेकी धुमुर्सकी श्रीमती सुन्तली हेरेको हेर्यै भइन ।
बिहेको पार्टीमा नाचेर तातेका कलाकार धुर्मसको गालामा प्रियंकाको ओठ देखेपछि केही छक परे त केही त्यही रमाइलोमा भुले बिहे पार्टीमो माहोल अझ तातियो ।
धुर्मसको गालामा चुम्बन गरेर प्रियंकाले चर्चा बटुलिन सुन्तली हेरेको हेर्यै भइन भने अन्य चर्चित कलाकार तथा हिरोइन हेरेको हेर्यै भए । यो दृश्यका साक्षी थिए दीपाश्री निरौला, केकी अधिकारी, कविता शर्मा दीलिप रायमाझी सँगै गजित विष्ट ।

0 comments

Write Down Your Responses