नयाँ अनुसन्धानः मेरुदण्डको हड्डीमा पाइयो सानो दिमाग



 February 02, 2015
वासिङ्टन– अमेरिकी शोधकर्ताहरुले मानिसहरुको मेरुदण्डको हड्डीमा एउटा सानो मस्तिष्क भएको पत्ता लगाएका छन् जसले हामीलाई सन्तुलित बनाउन मद्दत गर्ने बताइएको छ । हाम्रो मेरुदण्डको हड्डीमा भएको स्नायु कोशिकाहरुको समूहले संवेदनशील सूचनाहरुलाई एकत्रित गरेर मासंपेशिहरुलाई आवश्यक समायोजनमा मद्दत गर्दछ ।

क्यालिफोर्नियास्थित एक स्वतन्त्र वैज्ञानिक अनुसन्धान संस्थान ‘साल्क’ का जीववैज्ञानिक मार्टिन गोल्डिङका अनुसार हामीले उभिने वा हिँड्ने बेला पैतालाको संवेदनशील भागहरुले वातावरणको बारेमा मेरुदण्डमा रहेको सानो दिमागलाई दबाब र गतिसँग जोडिएको सूचनालाई पठाउने गर्दछ । ’
उनका अनुसार ‘यो अध्ययन मार्फत हामी हाम्रो शरिरमा विद्यमान ‘ब्ल्याक बक्स’ को बारेमा पत्ता लाग्यो । कुनै पनि कुराको प्रतिक्रिया मेरुदण्डको दिमागले कसरी इनकोड गर्छ भन्ने विषयमा हामी अहिलेसम्म अनभिज्ञ थियौँ । ’

खुट्टाबाट पुग्छ संकेत
प्रत्येक मिलिसेकेन्डमा सूचनाहरुको विभिन्न धारणाहरु मस्तिष्कमा प्रवाहित हुने गर्दछ । यसमा शोधकर्ताहरुद्वारा खोजिएको संकेतक पनि समावेश गरिएको छ । आफ्नो अध्ययनमा साल्क वैज्ञानिकहरुले यो सेन्सोरी मोटर नियन्त्रण प्रणालीको विवरणको बारेमा पत्ता लगाएका हुन् ।
अत्याधुनिक छवि प्रौद्योगिककको प्रयोगबाट अनुसन्धानकर्ताहरुले स्नायु फाइबरको पत्ता लगाएका हुन् जसले खुट्टामा भएको सेन्सरहरुको मद्दतले मेरुदण्डको हड्डीसम्म संकेतहरुको प्रवाह गर्ने गर्दछ । उनीहरुले सेन्सर फाइबर आरओआरआई न्यूरन्स नामको स्नायुहरुलाई अन्य समूहहरुसँगै मेरुदण्डको हड्डीमा पाएका हुन् ।

गोल्डिङको समूहले जब साल्कमा आनुवांशिक रुपबाट परिष्कृत गरिएको मुसाको मेरुदण्डको हड्डीमा आरओआरआई न्यूरनलाई निष्क्रिय गरे तब मुसाले आफ्नो गतिको बारेमा कम संवेदशनशील भएको उनीहरुले पाए । गोल्डिङको प्रयोगशालाका लागि अनुसन्धान गर्ने अनुसन्धानकर्ता स्टिभ बरेनले भने, ‘हामीलाई लाग्छ कि यो न्यूरनले सबै सूचनाहरुलाई एकत्रित गरेर खुट्टालाई हिँड्नको लागि निर्देशन दिने गर्दछ ।’

यो शोध न्यूरोलोजिकल र गतिलाई नियन्त्रणको जन्मजात प्रक्रियाहरु र आसपासको परिभेषलाई पत्ता लगाउनका लागि शरिरको सेन्सरहरुमाथि विस्तृत विचारमाथि प्रकाश पार्दछ । यो शोध ‘सेल’ पत्रिकामा प्रकाशित गरेको छ ।

स्रोतः इन्डो एसियन न्यूज सर्भिस

,

0 comments

Write Down Your Responses