हृदयन्द्र राजा बन्ने सहमति ?

काठमाडौं,फागुन २५ – २०६३ बैशाख ११ गते तत्कालीन महाराजा ज्ञानेन्द्र शाहको सम्बोधन आउनुभन्दा पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारमा हृदयन्द्र शाहलाई बेबी किङ बनाउने सहमति भएको निर्मल निवासले अहिले दाबी गरिरहेको छ ।


उक्त सहमति हुनुभन्दा पहिले नेपाली,कांग्रेस,नेकपा एमाले तथा तत्कालीन माओवादीका सबै नेताहरुको

बीचमा सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको निर्मल निवास स्रोतको दावी रहेको छ ।

 २०७१ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको वक्तव्य त्यसैको आधारमा आएको र सहमति बारे उल्लेख गर्न बाध्य हुनु परेको पूर्व महाराजाको बाध्यता भएको एकजना राजावादीले जानकारी दिए ।

तर,कांग्रेस तथा एमालेका नेताहरुले यस भनाइ र दाबीलाई अस्वीकार गरिरहेका छन् ।

 तत्कालीन अवस्थामा मुख्य वार्ताकार कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले त्यस्तो कुनै सहमति नभएको दाबी गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses