नेपाली विद्यार्थीको आकर्षण जर्मनी

२५ फागुन, काठमाडौं ।


जर्मनीमा आधारभूत उच्च तहसम्मकै शिक्षा निःशुल्क छ । निःशुल्क पढ्ने अवसरकै कारण त्यहाँ जान चाहने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।


विद्यार्थीको शैक्षिक उपलब्धी अनुसार पेसागत र सीपमूलक शिक्षाको व्यवस्था भएकाले नेपाली विद्यार्थीको आकर्षण जर्मनी बन्दै गएको छ ।



यस वर्ष साउनदेखि पुस मसान्तसम्ममा जर्मनीका लागि २ सय २६ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नोअब्जेक्सन लेटर लिएका छन् । मन्त्रालयको वैदेसिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका उपसचिव नन्दलाल पौडेलका अनुसार राम्रो शैक्षिक यौग्यता र पढ्ने मनसाय भएका विद्यार्थीका लागि जर्मनी उच्च शिक्षाको उत्तम गन्तव्य बन्दै गएको बताए ।

अधिकांशले स्नातकोत्तर स्तरको पूर्ण निःशुल्क शिक्षाका लागि मन्त्रालयबाट नोअब्जेक्सन लेटर लिएको उनले जनाए । जर्मन सरकारले विद्यार्थीको शैक्षिक उपलब्धीअनुसार शिक्षा प्रणालीको व्यवस्थासमेत गरेको छ । आजको नागरिकमा खबर छ ।

0 comments

Write Down Your Responses