हिरोइनले दुधमा विषादी मिसाएर आफ्नै लोग्नेको हत्या गरिन्
२०७१ चैत १० गते
मुम्बई । प्रस्ताव अस्वीकार गर्न नसकेर बलिउडकी एक हिरोइनले आफ्नै लोग्नेको हत्या गरेकी छिन् ।
साउथ इन्डियाकी चर्चित हिरोइन २२ वर्षीय श्रुति चन्द्रलेखाले लोग्नेको प्रस्ताव अस्वीकार गर्न नसकेपछि दुधमा विषादी मिसाएर आफ्नै श्रीमानको हत्या गरेकी हुन् ।
प्रहरीका अनुसार उनका श्रीमानले उनलाई पोर्न फिल्म खेल्न दबाब दिएका थिए । त्यो पनि सामुहिक । त्यो प्रस्ताव बारम्बार श्रीमानले मान्नुपर्ने अडान राखेपछि हिरोइन श्रुतिले ३५ वर्षीय श्रीमान एस रोनाल्डो पीटर प्रिंत्सोको हत्या गरेकी हुन् ।
उनले श्रीमानलाई दुधमा विषादी मिसाई वेहोस बनाएर घाटी थिचेर हत्या गरेको प्रहरीलाई वयानमा भनेका छन् । श्रीमानको हत्या गरी ५ जना साथीको सहयोगमा हिरोइन श्रुतिले शवलाई नजिकैको जमिनमा खाल्डो खनेर गाडेकी थिईन् ।
उनका श्रीमान प्रित्सो एक व्यापारी थिए । व्यापारमा कहिले नाफा कहिले घाटा भइरहन्छ । त्यो बेला उनलाई व्यापारमा नराम्रोसंग घाटा लाग्यो ।
जसले उनलाई ठुलो ऋणमा डुबायो । त्यो ऋण तिर्न पैसा थिएन् । साहुहरुले दिनदिनै पैसा माग्न थालेपछि उनले पार्न फिल्म बनाउने फैसला गरे । र सम्झौता पनि गरे । पोर्न फिल्ममा श्रीमती श्रृतिलाई खेलाउने निर्णय गरे ।
तर, श्रृतिले त्यो प्रस्ताव मान्न नसकने बताईन् । तर उनका श्रीमान आफ्नो अडानमा अडिग थिए । किनकी उनलाई ऋण तिर्नु थियो । यता श्रृतिले सामुहिक पोर्न फिल्ममा खेल्नुपर्ने थियो ।
श्रीमानको दबाब थेग्न नसकेपछि श्रृतिले हत्याको योजना बनाईन् । साथीहरुको सहयोगमा दुधमा विषादी मिलाएर श्रीमानको हत्या गरिन् । श्रृतिका देवरले आफ्नो दाजु धेरै समयदेखि वेपत्ता भएको उजुरी प्रहरीमा दिएपछि यो घटना वाहिर आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले हिरोइन श्रृतिलाई पक्राउ गरी कारागार चलान गरेको छ । उनलाई ज्यान मार्ने मुद्दामा जेल चलान गरिएको हो । श्रृतिले पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद गरेर प्रित्सोसँग दोस्रो विहे गरेकी थिईन् ।
0 comments
Write Down Your Responses