कोरियामा अमेरिकी राजदुतमाथि सांघातिक आक्रमण

  बिहीवार 21 फागुन, 2071
काठमाडौं, फाल्गुन २१ ।  दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि राजधानी सिओलमा सांघातिक आक्रमण गरिएको छ ।


राजधानी सिओलमा ब्रेकफास्ट मिटिङ गर्दै रहेका समयमा एक व्यक्तिले उनीमाथि रेजर ब्लेडले आक्रमण गरेका थिए ।

आक्रमणकारीले उनको अनुहार र बायाँ हातमा ब्लेडले काटेका थिए । रक्ताम्य देखिएका राजदूत लिम्पेर्टलाई तत्कालै अस्पताल पु¥याइएको थियो ।

घटनामा संलग्न रहेका ५५ वर्षीय एक व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

उनीमाथि ज्यानकै खतरा भने नभएको दूतावासले जनाएको छ । उत्तर कोरिया र दक्षिण कारियाबीच एकीकरण गर्नुपर्ने भन्दै आक्रमणकारीले अमेरिकाले युद्ध भड्काइरहेको आरोप लगाएका थिए ।
युद्ध भड्काउनकै लागि अमेरिकी र दक्षिण कोरियाई सैनिकबीच संयुक्त सैन्य अभ्यास गरिने गरेको आक्रमणकारीको आरोप थियो ।

0 comments

Write Down Your Responses