आजको राशिफल : आज मिति २०७१ साल फाल्गुन २१ गते बिहिवार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा स्थिरता होला। पारिवारिक तनाव रहला। अध्ययनअध्यापनमा सफलता प्राप्त मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। यात्राको योग छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मुहारमा कान्ति छाउला। मन चञ्चल हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। दिदीबहिनीबाट आर्थिक सहयोग मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ।


मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आयभन्दा व्यय बढी हुनेछ। नयाँ जागिरमा प्रवेश पाइएला। पारिवारिक समस्याले समाजमा अपमानित हुनुपर्ला।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक क्षेत्रमा वृद्धि हुनेछ। धार्मिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तजनसँग भेटघाट हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मानसम्मान पाइने योग छ। स्वास्थ्य राम्रो रहनेछ। अध्ययन अध्यापनमा रुचि नरहला। कुरा काट्नेहरू बढ्नेछन्। पेसा व्यवसाय सामान्य छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक कार्यमा समय बित्नेछ। मनमा द्विविधा बढ्नेछ। प्राविधिक व्यापारमा लाभ मिल्नेछ। नजिकका व्यक्तिबाट धोका हुन सक्ला। शिक्षामा प्रगति हुनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
पेटको समस्याले स्वास्थ्यमा बाधा पु:याउला। शारीरिक दुर्बलता बढ्नेछ। मानसिक अन्तद्र्वन्द्व बढ्नेछ। सहयोगीसँग विवाद बढ्न सक्ला। व्यापार सामान्य रहनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विपरीत लिंगीको सहयोगले कार्यमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। लेखनकार्यमा मन लाग्नेछ। नयाँ सामानको खरिद हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आयआर्जनमा रोकावट आउनेछ। चौपायाबाट हानि होला। आकस्मिक चोटपटकको योग देखिन्छ। मातापिताबाट सहयोग प्राप्त हुनेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापारव्यवसाय सामान्य रहनेछ। मन चञ्चल बढ्नेछ। आलस्यता बढ्नेछ। वैदेशिक यात्राको योग छ। आय आर्जनमा सुधार आउनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा समय बित्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तराद्र्धमा सुधार आउनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अधुरा काम बन्नेछन्। विलासिताका सामग्री खरिदमा खर्च बढ्नेछ। विद्यामा सफलता पाइनेछ। समाजमा मानप्रतिष्ठा बढ्ला।

0 comments

Write Down Your Responses