हात चलाएर खान हुन्छ, त्यो चलाएर किन हुँदैन ?’

विमल नेपाल

रामेछापकी २३ बर्षीया अर्पना (नाम परिवर्तन) तीन बर्ष देखि चीनको खासामा यौन ब्यावसाय गरिरहेकी छन् । दुई बर्ष काठमाण्डौमा सोही व्यवसाय गरेकी अर्पना तत्कालीन गृहमन्त्री भिम रावलले राजधानीका डान्स रेष्टुरेन्टमा कडाई गरेपछि साथीको सम्पर्कवाट खासा आएकी हुन् । कमजोर आर्थिक अवस्थाकी अर्पना नुवाकोट कै एक सरकारी विद्याालयवाट प्रवेशिका पास गरी उच्च शिक्षाका लगि दश बर्ष अघि राजधानी भित्रिईन् । एक सरकारी क्याम्पसवाट सुख.दुख गरी प्रविणता प्रमाणपत्र तह उतिर्ण पनि गरिन् । जसोतसो स्नातक भर्ना गरिन् । घोर दुविधा, अभाव र अन्योलमा पनि उनले दोस्रो बर्ष सम्म त पढिन् । तर, गरिबीकै कारण उनीले स्नातक तह अध्ययन पूरा गर्न सकिनन् । पढेर सरकारी जागिर खाने सपना साँचेकी अर्पनाकोे पहुँच पुगेन । काठमाडौंमा काम खोज्ने सिलशीलामा अर्पनाले ठमेलको एउटा ‘डान्स रेष्टुरेन्ट’मा वेटरको काम शुरु गरिन् ।  वेटर्स हुदै क्रमशः डान्सर भईन् । अर्थात बढुवा भईन्, अर्पना । बढुवा सँगै जिम्मेवारी बढ्यो । बारमा आउने ग्रहकलाई खुसी पार्नु उनको खास जिम्मेवारी थियो । प्रति ‘टिप्स’ एउटा कपडा खोल्नु पर्ने । उनको शरिर सँग लोभ्भिने ग्राहकको सङ्ख्या बढ्यो । ग्राहक सँग चिनाजानी भयो । यस्तै यस्तैमा होमिईन् अर्पना यौवन ब्यापारमा । क्रमशः सरकारी सेवा गर्ने सपना बोकेकी अर्पनाको पहिचान नै बन्यो, यौन व्यवसायी ।



तत्कालीन गृहमन्त्री रावलले राजधानीका डान्स रेष्टुरेन्टमा कडाई गर्न थालेपछि उनको व्यवसायमा गिरावट आयो । दुई बर्ष गरेको व्यवासाय छोड्नै नसक्ने अवश्थामा पुगिछन्, उनी । भन्छिन्, ‘पहिला त केहि गर्न सकिएन, त्यसपछि त लत नै वसेछ ।’ त्यही संकटको घडीमा एकजना साथीको सम्पर्कवाट ब्यापारका लागि खासा आईपुगेकी रहिछन्, ।  काठमाण्डौं भन्दा व्यवसायका लागि खासा सहज भएको उनको अनुभव छ । उनी भन्छिन्, ‘यहाँ न प्रहरी दुख दिन्छ, न ग्राहकवाट ठगिने नै डर ! काम गर्न ढुक्क छ । कमाई पनि राम्रो छ ।’ अहिले अर्पना मासिक १० हजार घरमा पठाउछिन् । तर, उनले घरमा भने एउटा ‘प्राईभेट अफिस’मा काम गर्ने गरेको वताउछिन् रे । त्यस्तै, कास्कीकी अन्जना राना (नाम परिवर्तन) पोखराका एक प्रतिष्ठीत व्यापारीकी छोरी हुन् । २० बर्षिया अन्जना पोखरामा नै प्रवेशिका परीक्षा उतीर्ण गरेर उच्च शिक्षाका लागि काठमाण्डौ आईन् । काठमाण्डौको किस्ट कलेजमा ब्यवस्थापन शंकायमा भर्ना भईन् । पढाईमा खुब रुचि राख्ने अन्जनालाई अध्ययनको लागि आर्थिक अभावको समस्या पनि थिएन । तर, उनी सहपाठी साथीको लहैलहैमा काठमाण्डौंकै एक डान्सबारमा काम गर्न थालिन् । उनका सहपाठी साथी भने आर्थिक अभावका कारण पढाई खर्च जुटाउन डान्सबारमा काम गर्न थालेको अन्जनाले वताईन् । साथीहरुले जाऔ भनेपछि मन मानेन । घरवाट पढ्न भनेर पठाएको पैसाले आफूले चाहे जस्तो ‘लाईफ स्टाईल’ विताउन नसकेको कारण साथीसँगै डान्स गर्न थालेको उनले वताईन् । काठमाण्डौंकै बारमा लकीछिपी डान्स गर्दा गर्दै अन्जना गेष्टसँग कन्यान्टमा यौन सम्पर्क गर्न थालिन् । धेरै मेहनत नै नगरी राम्रो हुन थालेपछि उनीक्रमशः यौनलाई व्यवसायका रुपमा अघि बढाउन थालिन् । काठमाण्डौमा यौन व्यवसाय र डान्सबारमा प्रहरीले कडाई गर्न थालेपछि उनका साथीहरु व्यवसाय सञ्चालन गर्न चीनको खासा आए । खासावाट फर्केपछि साथीहरुकै सुझाब अनुसार अन्जना पनि खासा व्यवसाय सञ्चलन गर्न आईन्, घरमा समेत कसैलाई खबर नगरी । काम कै सिलसिलामा अन्जना एक पल्ट घर अर्थात पोखरा गईन् र शंकाको आधारमा शान्ति पुनःस्थापना गृह तातोपानीले उनलाई खासा जानवाट रोक्यो । परिवारलाई खबर ग¥यो । परिवार आए । र अन्जनालाई परिवारको जिम्मा लगाईयो । तर, अन्जना भने आफूले चाहे जस्तो व्यापार गर्न नदिईएकोमा परिवार र पुनः स्थापन गृहसँग आक्रोसित छिन् । टेलीफोन सम्पर्कमा अन्जनाले प्रस्न गरिन्, ‘हातचलाएर खान हुन्छ, त्यो चलाएर किन हुँदैन ?’
खासामा व्यवसाय गर्न जाने अधिकांश चेली आफ्नो ईच्छाले गएको पाईन्छ । कोही कोही भने ललाई फकाई र लुकाइई छिपाई दलालको फन्दा पुरेर खासा पुगेको पाईन्छ । नेपाली चेलीलाई ललाई फकाई खासा पु¥योउन काभ्रे दाप्चाका २२ बार्षिय सौरभ लामा अहिले फरार छन् । हो, चीनको खासामा अर्पना जस्ता पाँच सय भन्दा बढी नेपाली किशोरी यौन ब्यापारमा संलग्न छन् ।
दिनभर सुनसान प्रायः रहने चीनको खासा बजार साँझ परेपछि चर्को नेपाली संगीतले गुन्जयमान हुन्छ । विभिन्न रंगीन प्रकाशले बजार त्यसै त्यसै उत्तेजित हुन्छ । एकाएक अर्धनग्न नेपाली युवतीको चहलपहल बढ्छ । सडकमा देखिने युवतीहरु क्रमशः होटल, रेष्टुराँ र डान्सबारहरुमा प्रवेश गर्छन् । जोवन ब्यापारका लागि सडकमै ग्रहकको प्रतिाक्षा गर्नेको सङ्ख्या पनि कम्ती हुदैन ।
नर्तकी, वेटर वा अन्य कुनै कामका लागि खासा छिरेका नेपाली किशोरीहरु यो वा त्यो बाहनामा वैशको ब्यापार गर्छन् । नेपाली तथा चीनियाँ ब्यापारी व्यवसायी र एकदिने पर्यटकको यौन तिर्सना मेटाउने साधन बन्छन्, उनीहरु । सडकमै पनि सिधै यौन प्रस्ताव राख्छन्, युवाहरु । मोलमोलाई चल्छ । सहमति भएको खण्डमा कुनै होटल ‘बुक’ हुन्छ । किशारीहरुको आफ्नै दर छ, ‘होल नाइट’ को १५ हजार, एक पटकको एक हजार, अस्थायी साधन उनीहरुवाटै लिने हो भने प्रति कण्डम २ सय रुपैया । तर यो ‘फिक्स प्राईस्ड’ होईन । ‘वार्गेनिङ’ गर्दा सहमति जतिमा पनि हुन सक्छ । ग्राहकको खुवीमा भर पर्छ । मोलमोलाई सडकमै पनि हुन सक्छ, रेष्टुरेन्टमा हुनसक्छ, बारमा हुनसक्छ । तर उनीहरुले लिएको सवै रकम आफूले राख्न पाउदैनन् । एक बार व्यवसायी भन्छन्, ‘हामीलाई प्रति ग्राहक पाँच सय दिए हुन्छ । बढी लिन सके उनीहरु कै हो ।
शान्ति पुनः स्थापनका सुरभाईजर सुरज खनालका अनुसार अहिल खासामा वीस भन्दा बढी डान्स तथा क्याविन रेष्टुरेन्ट संचानमा छन् । सवैमा नेपाली चेलीले काम गर्छन् । सँगै चीनियाँ यूवती पनि हुन्छन् । एक व्यवसायीको अनुभवमा नेपालीले चीनियाँ र चीनियाँले नेपाली यूवती रोज्ने गरेका छन् । नेपाली यूवतीले चीनियाँ यूवकसँग भने नेपालीसँग भन्दा बढी रकम लिने गरेको एक व्यवसायीले वताईन् । उनी भन्छिन्, ‘आफ्नो दाजुभाई लाई त अलि मिलाउनै प¥यो नि !’ खासाका सबै रेष्टुरेन्टमा यूवती लिएर जान पाउने भएता पनि शेर्पा होटलहरुमा भने निषेध गरिएको हुन्छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकावाट नेपाली चेली चीन प्रवेश गर्दछन् । सीमानावाट करिब पाँच किलामिटरको दूरीमा पर्ने खासा बजारमा नेपाली चेली खुलेयाम यौन ब्यापारमा संलग्न भईरहेका छन् ।

0 comments

Write Down Your Responses