मिस इण्डियाको अन्तिम चरणमा नेपाली चेली

Mar 25, 2015


काठमाडौं ।

हुन त भारतीय टेलिभिजन शो होस् वा अन्य प्रतियोगिता नेपाली सहभागी नभएको कुनै पनि प्रतियोगिता सायदै हुन्छ । केही समय अघि मात्र नेपाली वालिका तेरिया मगरले लिल माष्टरको डान्स उपाधि जितेकी थिइन् । यस्तै नेपाली भाषी गोर्खाका छोरा प्राशान्त तामाङ इण्डियन आइडल बनेरे हंगामा गरेका थिए । यस्ता फेहरिस्त लामो भैसकेको छ ।



अव यस्तै फेहरिस्तमा अर्को नाम जोडिने सम्भावना देखिएको छ । यस्तो सम्भावना जगाउने नेपाली भाषी चेली हुन् रेवती क्षेत्री । गोर्खा नेपालीकी छोरी रेवती यतिबेला भारतकै सबै भन्दा ठूलो सुन्दरी प्रतियोगिता मिस इण्डिया २०१५ मा अन्तिम चरणमा पुगिसकेकी छिन् ।

आगामी मार्च २८ अर्थात अर्को साता मुम्बाइमा हुने मिस इण्डिया प्रतियोगिताको फाइनलिष्ट बनेकी रेवती आसामको डिमा हसाओ जिल्लास्थित एक गाउँले युवती हुन् । उनले गुहाआटीबाट एलएलबी तह उत्तीर्ण गरिसकेकी छिन् ।


भारतीय सरकारी सेवामा रहेका बाबुराम क्षेत्री र आमा बीना क्षेत्रीकी छोरी रेवती सानै उमेर देखि नै स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेको बाबु आमा बताउँछन् ।

रेवतीलाई सबै भन्दा मन पर्ने कुरा खाना बनाउनु हो । रेवतीलाई गायक आतिम अस्लमका गीत मन पर्छन् भने आमिर खान उनका सबै भन्दा मन पर्ने कलाकार हुन् । रेवतीले आफ्नो करिअरको पहिलो खुड्किलोकोरपमा मिस इण्डियामा सहभागी भएको बताउँदै आफूलाई मिस इण्डिया प्रतियोगितामा सहभागी हुँदा लागेको खुसी ब्यक्त गर्न समेत शब्द नभएको बताउँछिन् ।

१ सातामा आफूले भारतीय सुन्दरी प्रतियोगिताको उपाधि जित्ने चाहाना राखेको बताउने रेवती आफ्ना शुभचिन्तक र बाबु आमालाई निराश नपार्ने समेत बताउँछिन् ।

रेवती आफू मोडेल नबनेको भए वकिल बनेर करिअर राम्रो बनाउने बताउँछिन् । अझै पनि त्यस्तो सम्भावना रहेको उनको भनाइ छ । आफूलाई मोडल बन्न आमा बीनाको सबै भन्दा ठूलो प्रेरणा रहेको बताउने रेवती आफूलाई मिस इण्डियाको ताज पहिरिने रहर जगाउने ब्यक्ति आमा हो भन्छिन् ।

रेवतीलाई बेली डान्स निक्कै मन पर्छ । उनले आफ्नो फेसबुक पेजमा आफूलाई भोट गर्न आग्रह गर्दै नेपाली पहिरनमा सजिएर तस्विर सार्वजनिक गरेकी छिन् ।

रेवतीले मिस इन्डियामा आफूलाई विजयी बनाउन भोट मागेकी छिन् । उनलाई तलको लिंकमा गएर भोट गर्न सकिन्छ ।

0 comments

Write Down Your Responses