सिंगापुर एयरपोर्ट लगातार तेस्रोपटक बिश्वकै उत्कृष्ट बन्यो

यी हुन् उत्कृष्ट १०० एयरपोर्ट
२०७१ चैत २ गते 

२ चैत, काठमाण्डौ । सिंगापुरको चाङ्गी अन्तराष्ट्रिय बिमानस्थल लगातार तेस्रोपटक बिश्वको उत्कृष्ट बिमानस्थल घोषित भएको छ । उड्डयन क्षेत्रको प्रतिष्ठित अवार्ड स्काइट्रयाक्सले चाङ्गीलाई सन् २०१५ को उत्कृष्ट एयरपोर्ट घोषणा गरेको हो ।

११२ मुलुकका करिव १ करोड ३० लाख यात्रुको मतका आधारमा यो अवार्ड घोषणा गरिएको हो । स्काईट्रयाक्सले उड्डयन क्षेत्रमा हरेक बर्ष बर्ष बिभिन्न अवार्ड प्रदान गर्दे आएको छ ।
चाङ्गी अन्तराष्ट्रिय बिमानस्थलमा बिश्वका झण्डै ८० एयरलाइन्सले उडान गर्दै आएका छन् । यो एयरपोर्टले सातामा झण्डै ५ हजार उडान तथा अबतरण गराउँछ । सिंगापुरले टर्मिनल एक बिस्तारका लागि यसै बर्ष सम्झौता गरेको छ ।
यसैगरी कोरियाको राजधानी सियोलमा रहेको इन्चोन इन्टरनेशनल एयरपोर्ट लगातार तेस्रो बर्ष पनि दोस्रो उत्कृष्ट बिमानस्थल बन्न सफल भएको छ ।
तेस्रोमा जर्मनीको म्यूनिख बिमानस्थल, चौथोमा हङकङ बिमानस्थल, पाँचौमा टोक्योको हानेदा बिमानस्थल, छैटौंमा स्वीटरल्याण्डको जुरिच बिमानस्थल, सातौंमा सेन्ट्रल जापान बिमानस्थल, आठौंमा लण्डनको हिथ्रो बिमानस्थल, नवौंमा नेदरल्याण्डको आम्सट्रडम बिमानस्थल र दशौंमा बेइजिङ क्यापिटल बिमानस्थल परेका छन् ।
नेपालीहरुले बढि प्रयोग गर्ने क्वालालम्पुर अन्तराष्ट्रिय बिमानस्थल १९ औं नम्बरमा परेको छ भने कतारको हमाद बिमानस्थल २२ नम्बरमा परेको छ । यो बिमानस्थल अघिल्लो बर्ष ७५ औं स्थानमा थियो । यस्तै दुबई बिमानस्थल ३९ र बैंकक बिमानस्थल ४७ औं स्थानमा परेको छ ।
छिमेकी मुलुक भारतको इन्दिरा गान्धी बिमानस्थल ५८ औं नम्बरमा परेको छ ।

0 comments

Write Down Your Responses