दक्षिण अफ्रिकामा विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण
2015 | शनिबार 30 फागुन, 2071
काठमाडौं, फाल्गुन ३० । दक्षिण अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।
केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश युनिभर्सिटीले संयुक्त रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न गरेको दावी गरिएको छ ।
विश्वमै यस्तो अपरेशन दोस्रो पटक गरिएको बताइएको छ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल भएको थियो ।
तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब भएपछि शल्यक्रिया गरिएका २१ वर्षीय उक्त युवकको बारेमा अरु थप जानकारी दिइएको छैन ।
टीम प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले चिकित्सा विज्ञानका लागि यो ठूलो उपलब्धि भएको जनाएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses