सलमानजस्ता मानिस संसारमा बिरलै भेटिन्छन्ः कट्रिना
मुम्बई, फागुन ३०
अभिनेता रणवीर कपुरसँगको प्रेम सम्बन्धले चर्चामा रहेका बेला बलिउड अभिनेत्री कट्रिना कैफले दबंग नायक सलमान खान आफ्नो लागि विशेष भएको बताएकी छन्। उनले भनेकी छन्– सलमानका कारणले नै मेरो जीवन र फिल्मी करियरमा महत्वपुर्ण उतारचढाव आएको छ। उनले सलमानजस्ता मानिस संसारमा बिरलै भेटिने पनि बताएकी छन्।

कट्रिनाले सलमानमात्र होइन उनका आमाबुवा र परिवारका सदस्यसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको बताएकी छन्। ‘सबैजना मैले आजसम्म भेेटेकामध्ये सम्मान गर्ने मान्छेमा पर्नु हुन्छ’ उनले भनेकी छन्।
.jpg)

0 comments
Write Down Your Responses