रुखमा झुण्डिएर कोरियामा एक नेपालीले गरे आत्महत्या

फागुन ३०
आठ महिना अघि दक्षिण कोरिया गएका मोरंग बेलबारीका सुरेश नेपाल मृत अवस्थामा फेला परेका छन् । 


आफ्नो कोठा नजिकैको रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको नेपाली दुतावास स्रोतले बताएको छ ।


कोरियाको छंजु स्थित एक गाई फार्ममा काम गर्दै आएका नेपालको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको खुलेको छ | 

उनको आत्महत्या किन गरे भन्ने कुरा खुलेको छैन | नेपाली दुतावासले उनको मृत्यु बारे थप जानकारी लिने प्रयास गरिरहेको जानकारी दिएको छ |

श्रम सहचारी अनिल गुरुङ ,डाईनामिक मोरंग कमिटीका अध्यक्ष डा देवी बहादुर बस्नेत लगायत घटना स्थलमा गईरहेके बताईएको छ | पछिल्लो समय कोरियामा नेपालीको सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र दुर्घटना भई मृत्यु हुने घटना ह्वात्तै रुपमा बढेको छ |

0 comments

Write Down Your Responses