एआईजी‘साव’ हाम्रा पाँच दाजुका हत्यारा पूर्वआईजी कुवेरसिंहलाई थुन्न सक्नुहुन्छ ?

‘बामदेव गौतमज्यू तपाई गृहमन्त्री भएदेखि अपराधीहरु धमाधम कठघरामा उभिदैछन् । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमदेखि रानीबारी हत्या काण्डका अभियुक्त पक्राउ परिसके तर मेरी छोरीका हत्यारा अझै खुलियाम छाति फुकाएर हिडिरहेका छन् उनीहरुलाई कारवाही गर्न तपाई किन सक्नुहन्न ?’ विहीबार राजधानीमा भएको एक कार्यक्रम सशस्त्रद्धन्दका क्रममा मारिएकी मैना सुनारकी आमा देवी सुनारले प्रश्न गरिन् ‘न्यायाधीश र इन्जिनीयरको जीवन जति प्यारो थियो मेरो छोरीको जीवन पनि त्यति नै प्यारो थियो तर मैले किन न्याय पाइन ।’


देवी सुनारले छोरीका हत्यारालाई कारवाही गर्न माग गरिरहेका बेला मञ्चमा प्रमुख अतिथि बनेका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेपाल प्रहरीका एआईजी केदारप्रसाद साउद तिर नजर घुमाए  । तर देवीको आक्रोस बक्ताका रुपमा पोखिरहेको थियो ‘यदि न्याय पाउँदैनौ भन्नु हुन्छ भने प्रस्ट भन्नुहोस म अन्तराष्ट्रिय जगतलाई गुहारछु ।’
२१ असोज २०६० मा धनुषाका पाँच बिद्यार्थीको अपहरणपछि हत्या गरिएको सन्दर्भमा आयोजित कार्यक्रममा देवीले आफ्नो आक्रोस पोखेकी हुन् । ‘संसारका हरेक देशको सरकार पिडीतको पक्षमा हुन्छ तर नेपालका सरकार जहिलेपनि पिडकका पक्षमा किन उभिन्छन ?’ देवीले प्रश्न गरिन् ‘मानव अधिकार आयोगका अध्यक्षज्यू तपाईले पिडीतलाई न्याय दिन र अपराधीलाई कारवाही गर्न आँधीबेरी ल्याउँछु भन्नु हुन्थ्यो, खोई आँधीबेरी ?’
उनले आफ्नो सानो परिवार गाउँमा खुसी भएको र चुलो चौकामै रमाईहरको बेला द्धन्दका नामा छोरी खोसेपछि जिन्दगी अपुरो भएको बताइन । ‘म चुलो चौकामै रमाएकी थिएँ तर छोरीको हत्याले मलाई चलाख बनायो’ देवीले भनिन् ‘चुलो चौकाबाट एक महिलालाई न्याय माग्दै अन्तराष्ट्रिय जगतमा जान बाध्य नपार ।’
कार्यक्रममा धनुषाका पाँच बिद्यार्थीको सामुहिक हत्या गर्ने पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई कारवाही गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग पिडीत परिवारले आग्रह गरेका छन् । २१ असोज २०६० मा धनुषाको प्रहरी प्रमुख हुँदा रानाले पाँच बिद्यार्थीलाई गिरफ्तार गरी हत्या गरेको आरोप पीडित परिवारले दावी गर्दै आएका छन् । ‘हाम्रा पाँच जना दाजुहरुलाई खाड्लमा खनेर माथीबाट गोली हान्ने कुवेरसिंहलाई २४ घण्टा भएपछि कारागार पठाउँन हाम्रो माग छ’ पिडीत परिवारका सदस्य राजिव कर्णले भने ‘राज्यले कारवाही गर्दैन, राष्ट्रिय मानवअधिकार आयोगले अपराधीको नाम सार्वजनिक गर्नु परयो ।’
पिडीत परिवारले कार्यक्रममा रहेका एआईजी साउदलाई समेत प्रश्न गरे
। ‘ के तपाई हाम्रा पाँच दाजुका हत्यारा कुवेरसिंहलाई कारवाही गर्न सक्नुहुन्छ ? मञ्चमा बसेका एआईजी साउद भने त्यो प्रश्नको जवाफ दिन सक्ने अवस्थामा थिएनन् । उनले  भने ‘अनुसन्धान भइरहेको छ दोषी भए कारवाही हुन्छ

0 comments

Write Down Your Responses