अष्ट्रेलियालाई जित्न भारतले पायो ३२९ रनको लक्ष्य
Mar 26, 2015
१२ चैत, काठमाडौं ।
जारी विश्वकपको दोश्रो सेमी फाइनल खेलमा साविक विजेता भारत र आयोजक अष्ट्रेलियाबीचको खेल जारी छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले भारतलाई ३२९ रनको लक्ष्य दिएको छ ।
पुरै ५० ओभरमा ७ विकेट गुमाउँदै अष्ट्रेलियाले भारतलाई ३२९ रनको चुनौती दिएको हो ।
अष्ट्रेलियाका लागि स्मिथले १०५ रनको शतकीय पारी खेले भने फिन्चले ८१ रन बनाए । अन्य ब्याट्सम्यान भने खासै चम्कन सकेनन् ।
भारतीय बलर उमेश यादवले ४ विकेट लिए भने मोहिद शर्माले २ विकेट लिए । आश्विनले समेत १ विकेट हात पारे ।
अष्ट्रेलिया ४ पटक विश्वकप जितेको टिम हो भने भारत २ पटक जितेको साविक विजेता पनि हो ।
अव भारतले ब्याटिङ गर्दैछ ।
0 comments
Write Down Your Responses