श्रीमान कहिले गर्ने राज्यको यो सम्पति फिर्ता ?
काठमाडौं ।
प्रधानन्यायधीशबाट दोस्रो संविधानसभाको निर्वाचन गराउन मन्त्रीपरिषदको अध्यक्ष बनेका खिलराज रेग्मी पदबाट हटेको एक पुग्यो ।
तर मन्त्रीपरिषदको अध्यक्षका हैसियतमा राज्यबाट लिएका सुविधा भने अझै फिर्ता गरेका छैनन् ।
मन्त्रीपरिषदको अध्यक्ष हुँदा रेग्मीले उर्जामन्त्रालयको गाडी प्रयोग गरेका थिए । उक्त गाडी पदबाट हटेको एकबर्ष बितिसक्दा पनि फिर्ता भएको छैन ।
‘वारम्वार पत्राचार ग¥यौ, तर फिर्ता भएको छैन’ उर्जामन्त्रालयका एक वरिष्ठ अधिकृतले भने ‘भिभिआईपीलाई जवरजस्ती गर्न पनि नमिल्ने ।’
अन्य पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री कार्यालयबाट उपलब्ध गराएका गाडीहरु प्रयोग गर्दै आएका छन् । तर रेग्मीले उर्जामन्त्रालयको गाडी प्रयोग गरेपछि उर्जामन्त्री गाडीविहीन भएकी छिन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाडी प्रयोग गरिरहेकी छिन् । केही समय पहिले अन्य मन्त्रालयको गाडी प्रयोग नगर्ने अड्डी कसेकी उर्जामन्त्री राधा ज्ञवालीले अन्त स्वास्थ्यकै गाडी प्रयोग गर्न थालेकी छिन् ।
मन्त्रीपरिषदको अध्यक्ष हुँदा रेग्मीले उर्जामन्त्रालयका नाममा रहेको बा १ झ९३४६ नम्बरको गाडी प्रयोग गरेका थिए । उक्त गाडी फिर्ता नदिँदा मन्त्रालय नै अप्ठेरोमा परेको छ ।
0 comments
Write Down Your Responses