जहाजले जमिन छुनै लाग्दा लाटोकोसेरो देखिएपछि…..
काठमाडौं,चैत १२ – बुधबार राति सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नलागेको कतार एयरवेजको एक जहाज पाङ्ग्राले जमिन छुने अन्तिम तयारीलाई एकाएक रोक्दै ओभरसूट गर्न बाध्य भएको छ ।क्वूटीआर–६५० जहाज दोस्रो प्रयासमा झन्डै २० मिनेटपछि सकुशल अवतरण गरेको छ ।
कतारको दोहाबाट आएको कतार एयरवेज सो जहाज बुधबार राति ८ः०५ को अवतरणको क्रममा थियो । आजको आर्थिक दैनिकमा खबर छ । बाराको माथि आकाशमा आएर १२ हजार फिट हुँदै काठमाडौं प्रवेश गरेको जहाज सातदोबाटो माथिको आकासमा आइपुगेपछि विमानस्थलमा एक्कासी लाटोकोसेरो देखिएको थियो ।
कतार एयरवेजको एयरबस ए–३३३ जहाज अवतरणको अन्तिम चरणमा पुगिसको अवस्थामा विमानस्थलमा लाटोकोसेरो देखिएपछि एयरट्राफिक कन्ट्रोलरले पाइलटलाई जहाजलाई ओभर सुट गर्न आदेश दिएको विमानस्थल स्रोतले जनाएको छ । प्रमुख दीपक ओझाका सहयोगी ड्युटीमा कार्यरत एक कर्मचारीले कतार एयरवेजको जहाज ओभरसुट भएको पुष्टि गर्दै लाटोकोसेरो मारेपछि उक्त जहाज सकुशल अवतरण गरेको बताए ।
0 comments
Write Down Your Responses