बाबुआमै जेल परेपछि पाँच सन्तानको विजोग


March 27, 2015
धनकुटा । कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको छ ।


जिल्ला अदालत धनकुटाले मुडेबास ८ का उत्तरकुमार लिम्बूलाई मारेको कसुरमा डिल्लीमाया लिम्बू र उनका पति धनकुमार लिम्बूलाई २०७० जेठ १६ गते कैद सजाय ठेकेपछि उनीहरू अहिले जेलमा छन्।
उनीहरू जेल परेपछि पाँच बालबालिकाको भविष्य अँध्यारो भएको छ । हत्यालगत्तै लिम्बू दम्पतीविरुद्ध किटानी जाहेरी परेपछि धनकुमार २०६७ असार २१ मा थुना परेका थिए। त्यतिबेला डिल्लीमाया गर्भवती भएकाले अशक्त थिइन् ।
पति थुनामा गएको दुई दिनपछि उनले कान्छो छोरा जन्माएकी थिइन्। धनकुटा जिल्ला अदालतले २०७० जेठ १६ गतेअभियुक्त दम्पतीलाई कसुरदार ठहर गरी २० वर्ष सजाय सुनाएको थियो ।
लिम्बू दम्पतीका १५, १३, ११, ७ र ४ वर्षका छोराछोरी छन् । बाबुआमा दुवै जेल परेपछि कक्षा नौमा पढ्दै गरेकी जेठी छोरी टीकामायाको पढाइमात्र बन्द भएन, काँधमा सानासाना भाइबहिनीको स्याहार गर्ने जिम्मेवारी पनि थपियो । आजको अन्नपुर्णपोष्टमा समाचार छ ।

0 comments

Write Down Your Responses