आजको राशिफल : आज मिति २०७१ साल चैत १३ गते शुक्रवार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सन्तानबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
व्यापारव्यवसायमा उल्झन देखा पर्नेछ। मनमा त्रास बढ्ने हुँदा महत्त्वपूर्ण कार्यमा अवरोध आउला। अध्ययनअध्यापनमा सफलता मिल्नेछ।


मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापारव्यवसायमा सुधार आउनेछ। आफन्तको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइको सहयोगले वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारव्यवसायमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
ठेक्कापट्टामा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव कायमै रहनेछ। इष्टमित्रको सहयोग मिल्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सन्तान प्राप्तिको योग देखिन्छ। कलासाहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाव बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक धन प्राप्तिको योग देखिन्छ। गरेको कार्यमा महत्त्वपूर्ण सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। मित्रको सहयोग आंशिक रूपमा मिल्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापारव्यवसायमा नयाँ योजना बन्नेछन्। परिवारका सदस्यको स्वास्थ्य बिग्रिनेछ। मनमा खिन्नता बढ्नेछ। मानपदवी, प्रतिष्ठा प्राप्तिको चर्चा चल्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनअध्यापन अवरोध आउने देखिन्छ। स्वास्थ्यमा कफको समस्याले सताउनेछ। पारिवारिक सुख प्राप्तिको योग देखिन्छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफन्तको सहयोगबाट महत्त्वपूर्ण काम बन्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रशस्त धन आर्जनको योग छ। दिनको पूर्वाद्र्ध उचित रहनेछ।

0 comments

Write Down Your Responses