के हो सेतो मसला अथवा अजिनो मोटो ? यो प्रयोग गर्न हुन्छ कि हुँदैन जानिराखौं

खाना स्वादिलो बनाउन विभिन्न मसला प्रयोग गरिन्छ । मसलाको प्रयोग खानालाई स्वादिलो एवं पोषिलो बनाउन हुन्छ । मसलाले औषधिको काम पनि गर्छ । ग्यास्टि्रक, युरिक एसिड, ब्लड प्रेसर आदि रोगको उपचार मसलामा भेटिन्छ । अहिले घरमा पिसेको मसला मात्र प्रयोग गरिँदैन, बजारबाट तयारी मसलाहरू ल्याइन्छ । मसलाको समूहमा केही वर्षयतादेखि विदेशबाट आयात गरिएको सेतो मसलाले स्वादका कारण सबैको मन जित्न थालेको छ । जापानबाट लोकपि्रय भएको यो सेतो मसला एक प्रकारको रसायन हो । स्वादिलो भएकाले पारखीहरू यसको प्रयोग गर्छन् । हुन पनि यो मसलाले परिकारमा पृथक् किसिमको स्वाद प्रदान गर्छ तर स्वाद मात्र हेरेर हुँदैन, यसले स्वास्थ्यमा पार्ने नकारात्मक असर पनि उत्तिकै छ । यो सेतो मसलाको रासायनिक नाम 'मानोसोडियम ग्लुटेमेट' हो । चल्तीको भाषामा यसलाई अजिनो मोटो भनिन्छ । यसलाई विशेषगरी रेस्टुराँहरूले मःम, चाउमिन आदि परिकारमा प्रयोग गर्छन् ।
अजिनो मोटोले वजन बढाउने तथा हड्डी गलाउने काम गर्छ । यसले टाउकाको पीडा, छातीको पीडा, मुटुको रोग, दम तथा अन्य स्वास्थ्य समस्या उत्पन्न गराउँछ । अजिनो मोटो चाइनिज परिकार तथा नुनिलो स्न्याक्समा प्रयोग गरिन्छ । प्रोसेस गरिएका अधिकांश खाद्यपदार्थमा यसको प्रयोग हुन्छ । यो क्यान फुड, फास्ट फुड एवं जंक फुड आदिमा प्रयोग गरिन्छ । पास्तामा पनि यसको प्रयोग हुन्छ । हामीले दिनहुँ खाजाका रूपमा प्रयोग गर्ने चाउचाउ तथा अन्य जंक फुडहरूमा यसको बढी प्रयोग गरिएको हुन्छ । यसले बालबालिकाहरूमा फुड एलर्जी, अपचका साथै दमको संकेत देखाउन सक्छ । यसको नियमित प्रयोग हानिकारक छ । यसले उत्तेजना बढाउँछ भने मस्तिष्कका सेलहरू नष्ट गर्छ । त्यसैले यस्तो हानिकारक पदार्थको प्रयोगबाट बच्नुमै बुद्धिमानी हुन्छ ।

0 comments

Write Down Your Responses