शाहरुख खान आज नेपाल आउँदै

२०७१ फागुन २४ गते
काठमाडौं। बलिउड स्टार शाहरुख खान आज दिउँसो केही घण्टाका लागि काठमाडौ आउँदै छन् । एक पेन्ट्सको प्रर्बद्धनका लागि शाहरुख हिजै काठमाण्डौं आउने कार्यक्रम थियो । तर, त्रिभुवन बिमानस्थल बन्द रहेका कारण उनी आज अपरान्ह मात्र आइपुग्ने छन् ।
आयोजक संस्थाका अनुसार उनी केही घण्टाका लागि मात्र नेपाल आउन लागेका हुन् । आईतवार ३ बजे निजी विमानमा काठमाडौ आउन लागेका शाहरुखको सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको छ ।
काठमाडौ आएपछि उनी पत्रकार सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि हायात होटलमा आयोजना हुने कान्साई न्यारोल्याक पेन्ट्सको भिआईपी कार्यक्रममा सहभागी हुने भएका छन् ।
कार्यक्रममा नेपाली नायिका प्रियंका कार्की र बिग आईकनका पाँचौ संस्करणका विजेता कुन्साङ गुरुङको प्रस्तुति रहने भएको छ । शाहरुख नेपालमा सबै भन्दा धेरै फ्यान कमाउने बलिउड नायक हुन् । उनले अभिनय गरेका प्रायः हिन्दी फिल्म हिट भएका छन् ।

0 comments

Write Down Your Responses