भारतीय प्रधानमन्त्री मोदीलाई श्रीलंकाका प्रधानमन्त्रीको धम्की

२०७१ फागुन २४ गते

नयाँदिल्ली २४ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलोपटक धम्की आएको छ । त्यो पनि प्रधानमन्त्रीबाटै । श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघेले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएका हुन् ।
श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघे मोदीलाई व्यक्तिगत धम्की भने दिएका होइनन् । उनले श्रीलंकको तटिय क्षेत्रमा निषेध गर्दा पनि भारतीय माझीहरु निषेधाज्ञा तोडेर प्रवेग गर्ने गरेको भन्दै अब उपरान्त निषेधाज्ञा तोडेमा माझीहरु मारिदिने धम्की दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


श्रीलंकाले तटिय क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाएको छ । तर भारतीय माझीहरु बेला बेला उक्त क्षेत्रमा गएर पक्राउ पर्ने गरेका छन् । यसअघि श्रीलंकाले सय भन्दा बढी भारतीय माझीलाई पक्राउ गरेर छाडेको थियो ।
श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघे यो अन्तिम चेतावनी भएको र यसपछि पनि प्रतिवन्धित क्षेत्रमा माझीहरु आए राज्यको कानुन अनुसार गोली हारेर मारिदिने धम्की दिएका हुन् ।

श्रीलंकाको नौसेनाको भिडन्तमा हालसम्म ६०० सय भन्दा बढी भारतीय माझीको मृत्यु भइसकेको छ । उनले भारतीय प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरेका छन् ।

तपाईहरु हाम्रो तटिय माछा मार्न किन आउनुहुन्छ ? भारतीय मस्मा क्षेत्रको तटिय क्षेत्रमा माछा मार्दा पनि हुन्छ । त्यहा हामीलाई कुनै मतलब छैन् ।
तर हाम्रो एरियामा नआउनुहोला । म भारतीय प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने भारतीय पहलमा माझीहरुलाई रोक्नुहोस । अन्यथा हामी गोली चलाउन बाध्य हुनेछौं ।

यस विषयमा भारतले मुख खोलेको छैन् । यो धम्की पछि भारतले कस्तो प्रतिक्रिया दिने हो त्यो हेर्न बाँकी नै छ । यसवर्ष श्रीलंकाले अवैध तरिकाले माछा मार्न गएका ८६ जना भारतीय माझीलाई पक्राउ गरेको थियो ।

0 comments

Write Down Your Responses