झरना ब्रजाचार्यले गरिन राहुलसँग विवाह

आईतवार, १चैत,
सन् १९९७ की नेपाल सुन्दरी तथा नेपाल फिल्म नगरीकी सर्वाधिक आकर्षक नायिका झरना बज्राचार्यले आफ्नो तीन वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन । उनले १२ मार्चका दिन प्रेमी राहुल अग्रवालसँग आफ्नो घर सितापाइलामा परिवार र आफन्तहरुको सानो जमघटमा लगनगाँठो कसेकी हुन ।


भारतीय मूलका राहुल क्वालालम्पुरमा रेष्टरेष्टु ब्यापारमा संलग्न छन । उनीहरुको विवाहको औपचारिक भोज भने होटल सोल्टीमा दिइएको थियो । विवाह लगतै यो जोडी हनिमुनका लागि पोखरा हुँदै जोमसोम जाने तयारीमा छ ।

आलोक नेम्वाङको पछिल्लो सिनेमा 'कोही मेरो'ले राम्रो ब्यापार गर्न नसकेपछि झरनाको नेपाली फिल्म करिअरमा उति चर्चा हुन सकेको थिएन । उनी पछिल्लो समयमा ध्यान, आध्यात्म र अध्ययनमा सक्रिय रहेकी थिइन । झरना बेला-बेलामा सिंगापुर र काठमाडौं गरिरहने गरेकी थिइन ।


काठमाडौंमा झरनाले 'जेस मेडिटेशन सेन्टर' खोलेर केही समय ध्यानको प्रशिक्षण दिने काममा सक्रिय रहेकी थिइन । सन् १९९७ मा हतियार सिनेमाबाट फिल्म क्षेत्रमा झरनाले डेब्यु गरेकी थिइन । उनले लभ इन नेपाल, परेनी माया जालैमा, सिउदोको सिन्दुर, बादल पारीलगायतका सिनेमामा अभिनय गरेकी छन । यसबाहेक उनले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन ।







हिन्दी भाषाको लभ इन नेपालमा उनले गरेको नृत्यले पनि निकै चर्चा कमाएको थियो ।

सन् १९८१ मा जन्मेकी झरनाले सिद्धार्थ बनस्थलीकी पढेकी हुन । सोसोलोजीमा डिग्री गरेकी झरनालाई वौद्धिक नायिका मानिन्छिन ।

0 comments

Write Down Your Responses