यस्तो छ शाहरुख खानको बम प्रुफ कार


बलिउड किंग शाहरुख खानले मर्सिडिज कार किनेका छन ।




यो बमप्रुफ कार हो । यदि यो कारमा बमले हमला गरिए पनि यो कारको भित्र बस्ने मान्छेलाई कुनै हानी नोक्सानी हुदैन ।

शाहरुखले यो कार यति बेला लिएका छन , जतिबेला बलिउडका धेरै कलाकारहरुलाई लगातार अण्डरवल्डको धम्की आइरहेको छ । 
केही महिना अघि पनि शाहरुख खानका नजिकका साथी फिल्म निर्माता अली मोरानीको घरको बाहिर अण्डरवल्डका डन रबी पुजारीको टोलीले फाएरिङ गरेको थयो ।



यति मात्र नभइ शाहरुख खानको प्रडक्सन हाउस रेड चिली इन्टरटेनमेन्टमा पनि धम्कीपूर्ण फोन आएका थिए । सायद यही कारण हुनुपर्छ, शाहरुख खानले आफ्नो सुरक्षामा कुनै कमी नहोस भन्नका लागि बम प्रुफ कार किनेका छन । यस्तो कार खास गरी भीभीआईपीको लागि तयार गरिन्छ ।

0 comments

Write Down Your Responses