८० हजारमा किन्नुस सिंगै गाउँ !

यदि तपाईं एउटा घर खरिद गर्नका लागि वर्षौंदेखि पैसा जुटाइरहनु भएको छ भने यो समाचार हेरेर पक्कै पनि अचम्ममा पर्नुहुनेछ । अब तपाईं एउटा घर होइन पूरै गाउँ खरिद गर्न सक्नुहुन्छ, त्यो पनि एउटा सेकेण्ड ह्याण्ड मोटरसाइकल पनि नआउने रकममा । त्यसमाथि पनि त्यो कुनै साधारण गाउँ होइन, ११औं सताब्दीभन्दा पनि पूरा गाउँ हो । 


हंगेरीको राजधानी बुडापेस्टबाट करिब २ सय किलोमिटरको दुरीमा रहेको यस गाउँको नाम ‘मेगयर’ हो । गाउँबासीको आर्थिक हालत एकदमै खराब भएपछि पूरै गाउँ बेच्ने योजना बनेको हो ।

गाउँको आर्थिक अवस्था सुधार्नका लागि त्यहाँका मेयर क्रिस्टोफर पेजरले पूरै गाउँ बिक्री गर्ने योजना बनाएका हुन् । अब तपाईं मात्र ७ सय युरो अर्थात करिब ८० हजार नेपाली रुपैयाँ तिरेर एक दिनका लागि पूरै गाउँको मालिक बन्न सक्नु हुन्छ । पेजरका अनुसार यस गाउँ खरिद गर्नका लागि एक हजार भन्दा बढी मानिसले चासो दिएका छन् । त्यसमा ४ सय जनाले त अग्रिम बुक गराइसकेका छन् । यसरी जम्मा हुने रकम गाउँको विकासमा लगाइने छ । 

यस गाउँमा ७ गेस्ट हाउस छ, जसमा ३९ जना मानिस आरामले बस्न सक्छन् ।
गाउँ नै खरिद गर्नेले ४ सडक, एक बस स्टप, एक कुखुरा फार्म, ६ घोडा, २ भैसी, ३ भेडा र १० हेक्कड खेत पनि पाउने छन् । यतिमात्रै होइन तपाईं सो गाउँको मेयर पनि बन्न सक्नु हुन्छ, एक दिनका लागि । साथै आफ्नो इच्छा अनुसार गल्लीहरुको नाम बदल्ने र खेल मैदानलाई नयाँ रङ्ग दिने छुट पनि तपाईंलाई हुनेछ । – एजेन्सी

0 comments

Write Down Your Responses