सुमार्गीको दबाबमा एबीसी टिभीका कर्मचारीले दिए सामूहिक राजीनामा

काठमाण्डु, २३ फागुन– एबीसी टेलिभिजन व्यवस्थापनले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई दबाबमा राजीनामा दिन लगाएको छ ।
व्यवस्थापनले उर्दी जारी गरेपछि पत्रकार र कर्मचारीले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिए पनि उनीहरुलाई दैनिक कामकाजमा भने खटाइएको छ । टेलिभिजनको पूर्ण स्वामित्व शुभशंकर कँडेलबाट केही महिनाअघि विवादास्पद व्यापारी अजयराज सुमार्गीले लिएका थिए ।


त्यसअघि सुमार्गीको ५१ प्रतिशत र कँडेलको ४९ प्रतिशत शेयर थियो । ‘हामीलाई बाँकी तलब लिने भए राजीनामा गर्न भनियो’, एक र्कचारीले भने, ‘राजीनामा दिए पनि काम चाहिं गरिरहेका छौं ।’
सुमार्गीले यसअघि कार्यरत अधिकांश कर्मचारी हटाएर नयाँ ल्याउने तयारी गरेका छन् । पुराना कर्मचारीलाई बिदा गर्नकै लागि राजीनामा जबर्जस्ती राजीनामा गर्न लगाइएको ती कर्मचारीले बताए । एबीसीमा हाल कर्मचारी र पत्रकार गरी करिब ५० जना कार्यरत छन् ।
तीन महिनादेखि तलब छैन
कँडेलले सुमार्गीलाई बेचेलगत्तै कर्मचारीले झण्डै एक वर्षको बाँकी तलब एकैपटक बुझेका थिए । ढिलै भए पनि आफ्नो पसिनाको मूल्य पाएकामा खुसी भएका कर्मचारी फेरि तीन महिनाको तलब नपाएपछि तनाबमा छन् । ‘एकातिर राजीनामा दिएर पनि काम गर्नुपरेको छ’, एक पत्रकारले भने, ‘अर्कोतिर तीन महिनाको तलब पाइएको छैन ।’
एमालेको जासुस भन्दै कर्मचारीको जागीर चट
यसैबीच टेलिभिजनको सूचना पत्रकार महासंघ र एमालेलाई उपलब्ध गराएको आरोपमा एक कर्मचारीको गागिर गएको छ । समाचार प्रमुख शुभशंकर कँडेलले आफ्नो र टेलिभिजनको सूचना एमालेलाई उपलब्ध गराउने गरेको आरोपमा सुमन नेपाललाई जागरिबाट हटाएका हुन् ।
नेपाल विज्ञापनका साथै वैदेशिक रोगजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्थे । स्रोतका अनुसार टेलिभिजनमा झण्डै एक वर्षको तलब नपाएको रिपोर्ट एमाले निकट पत्रकारमार्फत पत्रकार महासंघमा पु¥याएको आरोपमा कँडेलले नेपाललाई जागरिबाट हटाएका हुन् ।

0 comments

Write Down Your Responses