डिस्कोमा ग्‍याङ फाइट, प्रहरीको टाउको फुटाउने युवा संघका नेतासहित १० पक्राउ

२०७१ फाल्गुन २३ शनिबार

पोखराः पर्यटकीय क्षेत्र लेकसाइडस्थित ओजन डिस्कोका संचालक एंव एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङ्गसहितका एक दर्जन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीमाथि सांघातिक आक्रमण गरी टाउको फुटालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिस्कोमा दुई समुहविच होहल्ला भएपछि पुगेका प्रहरीमाथि सांघातिक आक्रमण गरेकोले पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख हरिवहादुर पालले बताए।


डिस्कोभित्र दुईटा समुह झगडा गर्न थालेपछि नियन्त्रण गर्न पुगेको प्रहरीमाथि नै आक्रमण गरेछन,’ उनले भने ‘ड्यूटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्नेलाई कसुर अनुसार हदैसम्मको कार्वाही हुनेछ ।’ उनले फलामको रडले टाउकोमा लागेर घाईते भएका सिपाही भीमवहादुर रानालाई तत्काल फिस्टेल हस्पिटलमा लगिएको र सिटी स्क्यान गरेर टाउकोमा टा“का लगाईएको जानकारी दिए।

पोखरामा महेन्द्र भोटेका नामले चर्चित अभियुक्त गुरुङ्ग यसअघिपनि गुण्डागर्दी र हप्ताअसुलीको अभियोगमा पक्राउ परेका प्रहरीले जनाएको छ । गुरुङ्गलाई पक्राउ गरेपछि छुटाउन दवाव आएको प्रहरीस्रोतले जनाएको छ । ‘हाम्रो मान्छे हो छोडिदिन पर्यो भनेर दवाव आएकोछ,’ स्रोतले भन्यो ‘गलत काम गर्नेहरुलाई संरक्षण दिएकोले नै समाजमा गुण्डागर्दी र असुरक्षा वडेकोछ । जतिसुकै दवाव आएपनि दोषिहरु उम्कन पाउनेछैनन।’

0 comments

Write Down Your Responses