पटक पटक रद्द भएपनि आजै निजी विमानबाट नेपाल आउँदै शाहरुख खान

काठमाडौं,फागुन २५ – बलिउड सुपरस्टार शाहरुख खान सोमबार नेपाल आउँदै छन् । निरोल्याक पेन्टस्ले सञ्चालन गर्न लागेको वातावरण मैत्री अभियानमा सरिक हुन उनी आफ्नो निजी विमानबाट दिउँसो तीन बजे नेपाल आउन लागेका हुन् ।


निरोल्याक पेन्ट्सले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न नेपाल आउन लागेका उनी उनी निरोल्याक पेन्ट्सका ब्रान्ड एम्बेसडर हुन् ।

 आयोजकले शाहरुख खानको नेपाल रहँदाको उनको पूर्ण कार्यतालिका भने सार्वजनिक गरेको छैन । दिउँसो २ बजे विमानस्थल आइपुग्ने शाहरुखले सुरुमा बौद्द टुसालस्थित ह्यात होटलमा अभियानको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

उनले उद्घाटन कार्यक्रममा सहभागी भएपछि आजै साँझ पत्रकार सम्मेलनमा सम्बोधन गर्नेछन् । साँझ पेन्ट्सका डिलरसँग डिनरमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । डिनरमा ‘डान्स विथ डन’ स्किमका विजेताहरुले पनि भाग लिन पाउने बताइएको छ ।

यसअघि शाहरुख खान दसैंमा नेपाल आउने कार्यक्रम निरोलेक पेन्ट्सले बनाएको थियो । तर,उतिबेला उनी नेपाल आउन सकेका थिएनन् । शाहरुखको व्यस्तताका कारण नेपाल आउन नसकेको बताइँदै आएको थियो ।

0 comments

Write Down Your Responses