जुम्लामा डरलाग्दो बस दुर्घटनामा परी १३ जनाको मृत्यु, १५ घाइते

जुम्ला, चैत्र २ । 

जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मा जादैं गरेको ना ४ ख ४९७० नम्बरको यात्रु बस रारारिरी सडक खण्डमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने १५ जना घाइते भएका छन् । 

एक जना बसबाट हामफालेर सकुशल छन् । 

बसमा २९ यात्रु थिए ।
मृतकहरुको समेत सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

बस जुम्ला सदरमुकामबाट ३० किलो मिटर टाढा दुर्घटनामा परेको हो ।

उद्धारका लागि सदरमुकामबाट नेपाल प्रहरी र सेनाको टोली अहिले घटनास्तलतर्फ गएको छ । 


घटनाको बिस्तृत विवरण आउन बांकी छ ।
ईमेज खबर  बाट साभार 

0 comments

Write Down Your Responses