गलत ‘अडिट रिपोर्ट’ बनाएर यसरी ठग्दै छ पूर्वराजपरिवारको लगानी रहेको होटल अन्नपूर्णले
काठमाण्डु, ८ चैत – नेपाल ट्रस्टमा जानुपर्ने राजपरिवारको लगानीमा रहेको होटल अन्नपूर्णमा किर्ते फाइल र कागजात बनाएर हालीमुहाली जमाउँदै आएका कपिल राणा र उनकी श्रीमती सिर्जना राणले आम्दानी लुकाएर खर्च बढाएको देखाएको होटलको ‘अडिट रिपोर्ट’ ले देखाएको छ ।
प्रभुराम भण्डारी र प्रविण झाले किर्ते ‘अडिट रिपोर्ट बनाइदिने गरेका छन् । त्यसलाई केही समयअघि नै पाँच करोड घोटाला गरेको आरोपमा निकालिएका जीतेन्द्र राजभण्डारीले सघाएको समय बित्दै जाँदा खुल्दै गएको छ ।
होटलका कार्यकारी अध्यक्ष राणा र सञ्चालक राणाले चरम लापरबाही गरी खुलमखुल्ला राजस्व मार्ने गरेको, योजनाबद्ध रुपमा पुँजी पलायन गर्ने गरेको र उक्त कार्यलाई समेत वैधानिकता देखाउने गरी ‘अडिट रिपोर्ट’ तयार गरिएको छ ।
सोही आधारमा होटलको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ को ‘अडिट रिपोर्ट’ नक्कली भएको रहस्य खुलेको हो । ‘रिपोर्ट’ मा होटलको प्रशासनिक खर्च सञ्चालन खर्चभन्दा बढी देखिएको छ ।
सामान्यरुपमा होटल क्षेत्रमा प्रशासनिक खर्च सधैँ सञ्चालन खर्चभन्दा कम हुने भएता पनि उक्त होटलमा भने सञ्चालन खर्च अत्याधिक देखाइएको छ । करोडौँ रुपैयाँ कर्जा अपचलन गरेको, विदेशी मुद्रा अपचलन गरेको, नक्कली कन्सल्ट्यान्ट देखाएर समेत रकम दुरुपयोग गरेको, सेयर होल्डरलाई नै प्रमुख नियुक्त गरेर लाखौँ रुपैयाँ रकम बाँड्ने काम भएको छ ।
होटलको वार्षिक आम्दानी अर्बौ रुपैयाँ भए पनि खर्च उच्च देखाएर करोडौँ हिनामिना गरेको खुलेको छ ।
आर्थिक दैनिकबाट
0 comments
Write Down Your Responses