होली खेलेर फर्किदा ट्रकको ठक्करबाट चितवनमा युवकको मृत्यु, यातायात अवरुद्ध


भरतपुर, २१ फागुन । होली खेलेर फर्कने क्रममा ट्रकको ठक्करबाट मुग्लिनमा एकजनाको ज्यान गएको छ ।

कुरिनटारबाट होली खेलेर घर फर्कने क्रममा मुिग्लनका २८ बर्षीय सुरेस गुरुङ गम्भिर घाइते भएका थिए ।

घाइते गुरुङको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक गुरुङका आफन्तले अहिले दोषीलाई कारवाही र क्षतिपुतिर्को माग गर्दै मुिग्लनमा यातायात अवरुद्द गरेका छन ।

ना ६ प ६५०६ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई मुग्लिन नजिकै सिमलधारामा काठमाण्डौ जादै गरेको ना ५ ख ४४२१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएर भागेका ट्रक चालकलाई कुरिनटारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

0 comments

Write Down Your Responses