भारतीय वायु सेनाको जहाज दुर्घटनाग्रस्त

२०७१ फाल्गुन २१ बिहीवार

एजेन्सी : भारतीय वायुसेनाको एउटा जहाज अभ्यास उडान भर्ने क्रममा बिहीबार दुर्घटनामा परेको छ । भारतको अम्बालाबाट अभ्यास उडान भरेको सो जगुआर युद्दक जहाज बिहार राज्यको शाहाबादको कुरुक्षेत्रमा दुर्घटनामा परेको हो ।



भारतीय वायुसेनाले सो जहाज जगुआर विमान ठूलो आवाजमा साथ दुर्घटनामा परेको पुष्टि गरेको छ । बिहीबार दिउँसो पौने २ बजे सो घटना भएको वायुसेनाका प्रवक्ताले जनाएका छन् । सो जहाजका पाइलटले विमानबाट निक्लनु अघि खतराको संकेतबारे जानकारी गराएका थिए ।

ठूलो आवाजका साथ जहाज दुर्घटनामा परेपछि स्थानीयबासी आतंकित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाज खेतमा बजारिनुभन्दा पहिले नै पाइलट विवेक चौधरी निस्किसकेका थिए । तर उनी पनि घटनामा गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा भारतीय वायु सेनाको हेलिकोप्टर तत्कालै पुगेको थियो । घाइते पाइलट चौधरीलार्इ तत्कालै उपचारका लागि हरियाणास्थित अम्बलाको एयरपोर्सको अस्पतालमा लगिएको छ ।

जहाज जमिनमा खस्नेवित्तिकै त्यसमा आगो लागेको थियो । जहाज जमिनमा भास्सिएपछि शुरु आगो बिहीबार साँझसम्म निभेको थिएन। घटनाको सूचना पाएर त्यहाँस्थित प्रहरी र प्रशासक प्रमुख घटनास्थल पुगेका थिए । बिहीबारै भारतीय वायु सेनाको टोली घटनास्थल पुगेर घटनाको कारणबारे अनुसन्धान थालिसकेको छ ।

0 comments

Write Down Your Responses