शाहरुख खान आउँदा ८ कम्पनीका विमान १ घण्टा आकाशमा घुमे

२५ फागुन, काठमाडौं ।

बलिउड सुपरस्टार काठमाडौं आउँदा काठमाडौंको हवाइ ट्राफिक आतंकित देखिएको छ । शाहरुख खानको निजी विमानलाई अवतरण गराउनका लागि सोमबार उनी आइ पुग्नु अघि देखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १ घण्टा सबै विमान सेवाका विमानलाई अवतरण गर्न रोकिएको थियो ।



शाहरुख कै कारण ८ कम्पनीका जहाज आकाशमा घुम्न बाध्य भएको विमानस्थलका अधिकारीहरुले पुष्टी गरेका छन् ।

शाहरुख आउने समयमा एयर इन्डियाका, चाइना इस्टर्न एयरलाइन्स, इत्तेहाद एयरवेज, जेट एयरवेज, कतार एयरवेज लगायतका विमान १ घण्टा सम्म आकाशमा उडिरहन बाध्य भएका थिए ।

शाहरुख खानको सुरक्षाका लागि भन्दै पुरै विमानस्थल सुनसान पारिएको थियो । ४ दिन सम्म बन्द भएर २ दिन अघि मात्र खुलेको नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा बलिउडका एक अभिनेताका लागि पुनः बन्द गरिँदा आफूहरु मर्कामा परेको विमान कम्पनीहरुले गुनासो गरेका छन् ।


यात्रुहरुले समेत विमान ढिलो गरी अवतरण गरेपछि चर्को आक्रोश पोखेका छन् ।

शाहरुख खान आउँदा दर्जनौं विमान प्रभावित भएका छन् भने उनी आज राति नै ९ बजे फर्किने कार्यक्रम छ । त्यतिबेला समेत विमानस्थलमा उस्तै सुरक्षा ब्यवस्थाको तयारी प्रशासनले गरेका कारण उस्तै अवस्था हुने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses