कार भित्रै २१ बर्षे युवतीको सामूहिक बलात्कार

एजेन्सी । पछिल्लो समय सामूहिक बलात्कारका घटनामा बृद्धि भइरहेको छ ।
बलात्कारको सजाय भोगिरहेका एक नागरिकलाई जेलबाट निकालेर भिडले कुटेर मारेको केहि दिन बित्न नपाउदै सामूहिक बलात्कारको अर्को घटना सार्वजनिक भएको छ ।

भारतको पञ्जाबस्थित लुधियाना शहरमा आइतबार २१ वर्षिय युवतीको गुडिरहेको कारमै सामूहिक बलात्कार भएको छ । कारमै युवतीको बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजना युवालाई पक्राउ गरेको छ ।
पीडित युवतीले प्रहरीलाई बताए अनुसार उनीमाथि तीन युवकले व्यस्ततम फिरोजपुर सडक खण्डमा शनिबार राति गुडिरहेकै कारमा बलात्कार गरेको बयान दिएकी छन् ।
चन्डिगढबाट १२० किलोमिटर परको औद्योगिक शहरमा युवती एक होटलमा काम गर्दै आएकी थिइन् ।
उनी हिमाञ्चल प्रदेशबाट काम गर्न त्यहा पुगेकी थिइन् । बलात्कारपछि उनको मेडिकल जाँच गरी उपचारका लागि सिभिल अस्पतालमा भर्ती गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनामा संलग्न युवकहरुको हालसम्म पहिचान नभएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथ सामूहिक बलात्कार भएको प्रमाणीत भएको भन्दै अभयुक्तहरुको पहिचान गर्ने कोशिस गरिरहेको जनकारि दिएको छ ।

0 comments

Write Down Your Responses