निजी विमान चढेर बलिउड बादशाह शाहरुख खान काठमाडौंमा

काठमाडौं:  बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन्।

उनी अपरान्ह ३‍.३० बजे आफ्‍नो निजी विमानबाट काठमाडौं आइपुगेका हुन्।


 न्यारोल्यक  पेन्टस्‌ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन्। शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ।


शाहरुख खानले काठमाडौं ल्याएको निजी विमान


करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुनः मुम्बई फर्कने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै  होटल हायतमा जाने छन्। केहीबेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन्। पत्रकार सम्मेलनमा नेपाली कलाकार प्रियंका कार्कीलगायतका सहभागी हुने छन्। सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुख सामुन्ने नायिका प्रियंकाले नृत्य गर्ने कार्यक्रम छ।

शाहरुखले अभिनय गरेका 'ह्याप्पी न्यु ईयर'को 'लभ्ली', डनको 'आजकी रात', 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स', 'शक्ति'को 'इस्क कमिना' र बिल्लु बार्बर'को 'मर्जानी मर्जानी' बोलको गीतमा प्रियंकाले  डान्स गर्ने आयोजकले जाकारी दिएको छ। प्रियंकालाई अन्‍य एक दर्जन कलाकारले साथ दिनेछन्।

0 comments

Write Down Your Responses