दिपक राज गिरीले विवाह गरेको २७ वर्ष पुग्यो

काठमाडौं ।

नेपाली हास्य क्षेत्रका चर्चित कलाकार दिपकराज गिरीले विवाह गरेको २७ वर्ष पुगेको भन्दै पत्निसहित तस्विर सार्वजनिक गरेका छन् । सँधै अर्की हाँस्य कलाकार दिपाश्री निरौलासँग नाम जोडेर चर्चा भैरहने दिपकले आफ्नो विवाह भएको २७ वर्ष पुरा भैसकेको भन्दै पत्नि र पुत्रको तस्विर सार्वजनिक गरेका हुन् ।

फेसबुकमा उनले लेखेका छन्ः आज बिबाह भाको २७ बर्ष पुगेछ साथमा प्रमाण पनि.....उनले विवाह भएको २ दशक नाघेको प्रमाणकोरुपमा छोरोसहित बसेकी पत्नि र आफ्नो तस्विर राखेका छन् ।

दिपकराज गिरीसँग सँधै विवाहको चर्चामा हुने दिपाश्री भने अझै पनि अविवाहित छिन् उनले पटक पटक दिपकको विवाह नभएको भए आफूले विवाह गर्ने समेत सार्वजनिकरुपमै बताएकी छिन् ।


रिल लाइफमा दिपक र दिपाले सँधै पति पत्निको भूमिका निर्धारण गर्ने गरेको भएपनि दिपकले रियल लाइफकी पत्निको तस्विर सार्वजनिक गरेका हुन् ।

0 comments

Write Down Your Responses