बिहे नेपालमा दुलाह कतारमा


दोहा (कतार) ।  बाबा तपाई किन नआउनुभएको ?, ७ बर्षे छोरीले फोनमा सोधिराख्दा काभ्रेका बिष्णु उप्रेती भक्कादिदै थिए । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेतीले छोरीलाई सम्झाउँदै थिए, नेपालमा प्लेन चलेको छैन् । चल्नेबित्तिकै आइहाल्छु


उप्रेतीले छोरीलाई बुधबार बेलुका काठमाडौंमा भेट्ने बाचा गरेका रहेछन् । बुधबार १२, ४५ को कतार एयरवेजबाट नेपाल जाने उनको टिकट थियो । विमानस्थल आएपछि मात्रै थाहा भयो, टर्किस बिमान दुर्घटनामा परेको, उनी भन्दै थिए, ुत्यसपछि छिट्टै खुल्छ होला भनेर बसेको त आज तीन दिन भइसक्यो ।
उनी अल्माज कम्पनीको क्याटरिङमा काम गर्छन् । उनको समुहमा १० जना नेपाली छन् । कम्पनी फिर्ता गएमा फर्केने ढिला भइन्छु, उनले भने, अहिले झन बेहाल पो हुन पुग्यो ।

हमाद विमानस्थलका प्रशासनले सबै बिमानका यात्रुलाई बस्न दिइएको छैन् । ठाँउ ठाँउमा यात्रु बस्ने कुर्सी छन् । ती सबै कर्सी अलपत्र यात्रुले भरिएका छन् । हामीलाई कतार एयरवेजका यात्रु मात्रै बस्न दिएको छ । अरु बिमानका यात्रुलाई फर्काइ हालेको छ स्याङ्जाका हिम गुरुङले भने, सबैलाई बस्न दिने हो भने भीड थेगिनसक्नु हुने थियो ।

गुल्मीका राधेस पन्तको विवाहको लागि बिदामा घर जाँदै थिए । उनको शुक्रबार बिहे गर्ने तिथि तोकिएको थियो । बास एयरपोर्टकै भइहाल्यो तनावमा देखिएका पन्तले भने, बिहे कसरी गर्नु ?
३ बर्षअघि कतार आइपुगेका पन्तले घर जान बल्ल बल्ल समय मिलाएको थिए । सबै पक्का भएर कम्पनी छोडेर हिडेको । यता फसादमा परियो, उनीले भन्दै थिए ।

६ जनाको समुहमा सुतिरहेका बाग्लुङका गगन थापा फेरि कतार नफर्कने गरी कम्पनीले भिसा रद्द गरिसकेको छ । कम्पनीले एयरपोर्टसम्म ल्याएर छोडिदियो । हाम्रो जिम्मेवारी यति हो भनेर फर्कियो भन्दै गयो, थापाले भने, फेरि क्याम्पभित्रै फर्कन पासको व्यवस्था छैन् ।

४५ वर्षीय थापा २२ महिना अघि कतार आइएका थिए । ुकम्पनी नै कचेरा (खराब) खालेको छ । पठाउने मान्छेलाई झन के हेथ्र्यो र  ?  उनले भने हिड्ने बेला साइत बिग्रिएछ ।

0 comments

Write Down Your Responses