यसरी पक्राउ परे डिस्कोमा प्रहरीको टाउको फुटाउने एमाले नेता

पोखरा, २४ फागुन

डिस्कोमा प्रहरीको टाउको फुटाएको अभियोगमा ओजन डिस्कोका सञ्चालक रहेका एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङसहितका एक दर्जन युवा पक्राउ परेका छन् । पर्यटकीय क्षेत्र लेकसाइडमा डिस्को चलाउँदै आइरहेका गुरुङसहितको टोलीलाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो ।


 डिस्कोमा दुई समूहबीच हो–हल्ला भएपछि पुगेका प्रहरीमाथि सांधातिक आक्रमण गरेकाले पक्राउ गरिएको कस्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । ‘डिस्कोभित्र दुई समूह झगडा गर्न थालेछन्’, पालले भने, ‘नजिकै ड्युटीमा बसेका सिपाही के भएछ भनेर बुझ्न जाँदा उल्टै आक्रमण गरेछन् ।

’ कास्कीमा हालै सरुवा भएर आएलगत्तै गुण्डागर्दी र हप्ता असुलीविरुद्ध खरो ढंगले उत्रिएका उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए । ‘ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्नेलाई कसुरअनुसार हदैसम्मको कारबाही हुनेछ’, उनले भने, ‘कुनै पनि बाहनामा समाजमा आतंक मच्चाउनेले छुट पाउने छैनन् ।’ अन्नपूर्णपोस्ट दैनिकबाट

0 comments

Write Down Your Responses