मनिष दुवाडी |
२०७१ चैत्र ११ बुधवार
बन्दको विरोध गर्ने यात्रुलाई लखेट्दै कुटियो
बेनिघाट(धादिङ) : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाटस्थित सडक किनारामा हिँडिरहेकी महिलाको बसको ठक्करबाट ज्यान गएको घटनालाई लिएर पृथ्वीराजमार्ग पाँचघन्टा ठप्प भयाे। पाँच घन्टा दुवैतर्फका सवारी नचल्दा यात्रुहरुको विचल्ली भयो।
स्थानीय प्रदर्शनकारी प्रहरी र स्थानीय प्रशासनबीच वार्ता र सहमति भएपछि दिउँसो सबा १ बजेपछि मात्र राजमार्ग खुलेको छ। पीडित पक्षलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमति सडक बन्द खुलेको हो।
काठमाडौंंबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ना ५ ख ४१६३ नम्बरको बसले बेनिघाट गाविसी करिब २५ वर्षीया लक्ष्मी गुरुङलाई ठक्कर दिएपछि उनको घटनास्थलमा ज्यान गएको थियो ।खुल्लै रहेको बसले दायाँतर्फको डिकीको ढोकाले सडक किनारमा मल बोकेर हिडेकी गुरुङलाई ठक्कर दिएपछि उनको मृत्यु भएको बेनिघाटका स्थानीय श्याम कँडेलले बताए ।
घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको बस आक्रोशित स्थानीयले प्रहरी चौकी बेनिघाटको प्राङ्गणमै तोडफोड गरेका छन ।
खुल्लै छोडिएको डिकीको यही ढोकाको ठक्करबाट महिलाको ज्यान गएको हो
घटनापछि बस चालकलाई कारवाही र पीडित परिवारलाई राहत माग गर्दै स्थानीयले सडकमा टायर बालेर विरोध जनाएका छन । स्थानीयको विरोधका कारण पृथ्वीराजमार्ग विहान ८ वजेदेखि बन्द छ । बन्दका कारण दुवै राजमार्गको दुवै तर्फ १५ किलोमिटर भन्दा बढी सवारी जाम छ ।
बन्द खुलाउन माग गर्ने यात्रुलाई लखेटी–लखेटी स्थानीयले कुटपिट गरेका छन । गोर्खादेखि आमाको उपचारका लागि राजधानी जान आएका राज बन्जारालाई विरोधमा उत्रिएका स्थानीयसँग विवाद भएपछि लखेटेर कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । राजमार्ग बन्द भएपछि गन्तव्यमा हिडेका यात्रुहरुको बाटोमै विचल्ली भएको छ ।
0 comments
Write Down Your Responses