रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मृत्यु भएको चर्चा !
एजेन्सीको सहयोगमा ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निधन भएको चर्चाले रुससहित संसारभरी हंगामा भएको छ । रुसका कतिपय अनलाइनमा पुटिनको निधन भएको चर्चासहितका समाचार प्रकाशित भएपछि संसारभरी सामाजिक सञ्जालबाट बहस छेडिएको छ ।
एक ब्लगमा सार्वजनिक गरिएको पुटिनको तस्विर जसमा उनको मृत्यु भएको दावी गरिएको छ ।
विगत ८ दिन देखि पुटिन सार्वजनिकरुपमा नदेखिएको भन्दै उनको मृत्यु भएको चर्चा चलेको हो । कतिपयले भ्लादिमिर पुटिनलाई हृदयघात भएको भनेका छन् भने कतिपयले उनलाई प्यारालाइसिस भएको समेत दावी गरेका छन् ।
तर पुटिनका निजी सचिव दिमित्री पेस्कोभले भने पुटिन हृष्ट पुष्ठ रहेको र कुनै चिन्ता गर्नु नपर्ने बताएका छन् ।
अहिले ट्वीटरमा Putin dead भन्ने ट्रेण्डिङ नै चलेको छ । एक ब्लगरले त मस्को अस्पताल श्रोतको हवाला दिँदै पुटिनलाई मस्तिष्कघात भएको दावी गरेका छन् ।
त्यस्तै अर्को ब्लगले भने पुटिनलाई क्यान्सर भएको दावी गरेका छन् । यद्यपी अधिकाँश रुसीहरुले भने यसलाई केवल मजाककोरुपमा मात्र ग्रहण गरेको अन्तराष्ट्रिय विश्लेषकहरुको भनाइ छ ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले भने यी हल्लाहरुमा कुनै प्रतिक्रिया दिएको छैन । तर राष्ट्रपतीय कार्यालयले पुटिनले बैठकहरुमा सहभागी भएका तस्विर निरन्तर प्रकाशित गरिरहेको छ । यद्यपी सञ्चार माध्यमले ती तस्विरमा लेखिएको मिति भने झुटो भएको बताएका छन् ।
पुटिनको प्रेस कार्यालयले भने पुटिन तन्दुरुस्त रहेको दावी गरेको छ । उनका स्वकीय सचिवले त पुटिनले हात मिलाउँदा अहिले पनि हात भाँचिने अवस्था रहेको भन्दै उनको स्वास्थ्य अवस्थाबारे पुष्टि दिने प्रयास गरेका छन् ।
यसकै कारण कतिपयले पुटिन अस्वस्थ रहेको पुष्टी हुने दावी समेत गरेका छन् । मस्को टाइम्सले यस अघि सन् १९९० मा तत्कालीन सोभियत संघका राष्ट्रपति बोरिस एल्सिन विरामी परेको बेला यस्तै बताइएको थियो भन्ने उल्लेख गरेको छ ।
पुटिन केही दिन यता टेलिभिजनमा देखिएका छैनन् भने उनले बैठकका मिति सारेको पनि धेरै नै भैसककेको सञ्चार माध्यले जनाएका छन् । यस अघि घोषित भ्रमणबारे क्रेमलिनले निकालेका विज्ञप्ति समेत डिलिट गरिएको छ जुन गुगल ट्रेसमा भेटिन्छन् ।
एक ब्लगरले स्केमिक मस्तिष्कघात भएको दावी एक अस्पताल श्रोतलाई उद्धृत गर्दै गरेपछि यो चर्चाले झनै हंगामा गरेको छ । पुटिन अन्तिम पल्ट महिला दिवसको गत ८ मार्चमा एक महिलाको समुहसँग देखिएका थिए । उनले अन्तिम पल्ट गत मार्च ५ मा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses