ओबामाको हवाईजहाज खर्च घण्टाको एक करोड


  एजेन्सी । विश्वको शक्तिशालि मूलुक अमेरिकाका राष्ट्रपति बाराक ओवामाको हवाई यात्राको क्रममा घण्टाको एक करोड भन्दा बढी खर्च हुने गरेको छ । आखिर के छ त ओवामाको विमानमा जसको खर्च यति धेरै छ ।
ओवामाले चढ्ने एयरफर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान मानिन्छ ।

अत्याधुनिक प्रबिधिबाट बनाईएको उक्त विमान विश्वभर परिचित विमान हो । अमेरिकी राष्ट्रपति स्वदेश तथा बिदेश भ्रमणमा जादा यहि विमानको प्रयोग गर्ने गरेका छन् । वास्तबमा यो सैनिक बिमान हो जुन अमेरिकी राष्ट्रपतिको सानको प्रतिक वनेको छ ।


जसको सूरुवात सन्१९६२ मा पूर्व राष्ट्रपति जोन एन केनेडिले गरेका थिए । यस विमान यस्तो प्रकारले डिजाइन गरिएको छ जहा अमेरिकी राष्ट्रपतिले आपल्ना स्टापका साथ विमानमा नै बैठक गर्न सक्ने छन् । यसका अलावा विमानमा राष्ट्रपतिको आराम कक्ष समेत निर्माण गरिएको छ ।
एक अनुमान का अनुसार बिमान परिचालनमा प्रति घण्टा एक लाखँ डलर खर्च हुने गरेको छ ।
यस विमानमा वायु सेवाको नाम vc–25A  लेखिएको छ । तर यस विमानमा राष्ट्रपति सवार भएको बेलामा भने कल साइन एयर फोर्स वान लेख्ने गरिएको छ । राष्ट्रपतिको हवाई यात्राको क्रममा उनको तथा उनको परिवारकोे रेखदेख गर्ने व्यवस्था गरिएको छ ।
यात्रामा ओवामाको परिवारका सदस्यका साथ अन्य १०० जना रहन सक्ने छन् जसले उनको सहयोग गर्ने गरेका छन् । विमानको डिजाइन गर्दा राष्ट्रपतिलाई विमान भित्र कार्य सम्पादन सहज हुने गरि वनाइएको छ ।
राष्ट्रपति कार्यलयमा आवस्यक पर्ने सुबिधाको सवै व्यवस्था गरिएको छ । जसका कारण उक्त विमानलाई फ्लाइङ ह्वाइटहाउस समेत भन्ने गरिएको छ ।
विमामा ललगभग दर्जन भन्दा बढी कार्यकक्षको निमार्ण गरिएको छ । विमान यस्तो किसिमले तयार गरिएको छ कि सानो तिनो हवाई हमलाले बिमानलाई कुनै क्षति पु¥याउन सक्दैन तथा ठूलो हमला बारे समेत यो बिमानमा जानकारी प्राप्त हुने व्यवस्था गरिएको छ ।
यात्राको क्रममा ओवामा साथ रहने सहयोगीका साथ एक मेडिकल टिम समेत रहने व्यवस्था गरिएको छ ।
यात्राका क्रममा राष्ट्रपतिको सुरक्षा तथा व्यवस्थापन लगायतमा एक लाख डलर अर्थात करिब १ करोड भन्दा बढी खर्च हुने गरेको छ ।

0 comments

Write Down Your Responses