आमाकै सहमतिमा बाबुले छोरी बलात्कार गरेपछि…
नयाँदिल्ली । श्रीमान श्रीमतीबीच विश्वासको
सम्बन्ध हुन्छ । जसअनुसार यौन सम्बन्ध पनि जोडिएको
हुन्छ । वशं विस्तारका लागि पनि दम्पत्तीबीच
यौनसम्बन्ध हुनु जरुरी हुन्छ ।
त्यो दम्पत्तीले जन्माएका छोराछोरीमाथि यौन
शोषण गर्ने अधिकार हुँदैन् । तर, भारतको एक सहरमा एक
दम्पत्तीले आफ्नै छोरीमाथि यौन शोषण गरेका छन् ।
भारतको जालंधरमा आमाको सहमतिमा बाबुले आफ्नै
छोरीमाथि लगातार यौनशोषण गर्दै आएको घटना
सार्वजनिक भएको छ । प्रहरीका अनुसार बाबुले १५
वर्षीय छोरीलाई आमाकै अगाडी शोषण गर्ने गरेको
रहस्य खुलेको हो ।
जसमा आमाले आफ्ना श्रीमानलाई सहयोग गर्ने गरेकी
थिईन् । आमाबुबाले मिलेर शोषण गरेपछि युवतीको
विचल्ली भएको थियो । उनलाई कसैलाई शोषणा
गरेको भनेमा घरबाट निकालिदिने धम्की सम्म
दिएका थिए ।
ती युवतीलाई एउटा कोठामा राखेर बन्धक
बनाइएको थियो । तर ती युवती हिजो राति भागेर
प्रहरीको शरणमा पुगेकी छिन् ।
युवतीको उजुरीपछि प्रहरीले अभियुक्त आमाबुबा
दुवैलाई पक्राउ गरेर छानविन थालेको छ । एजेन्सीको
सहयोगमा
0 comments
Write Down Your Responses