यी हुन् संसारका सबैभन्दा धनी महिला

वेल्थ एक्सको एक सोधका अनुसार संसारका हरेक ६ अर्बपतिहरुमध्ये एक महिला नै हुने गर्दछन् । संसारभरी २८६ जना महिला अर्बपतिहरु छन् ।
वालमार्ट डिपार्टमेन्टल स्टोर्सकी मालिक क्रिष्टी वाल्टन (६०) अमेरिकाकी सबैभन्दा धनी महिला हुन् । उनको सम्पत्ति करिब ५ अर्ब आंकलन गरिएको छ । सन् २००५ मा श्रीमान जोन वाल्टनको मृत्यु पछि सबै सम्पत्ति उनको नाममा भएको हो ।

लिलियन बेटेनकोर्ट (९२) युरोपकी सबैभन्दा उमेरदार अर्बपति महिला हुन् जो लोरियल कम्पनीकी मालिक हुन् । उनीसँग करिब ३ अर्ब १३० करोड रुपैयाँको सम्पत्ति छ । सन् १९५७ मा बुवाको मृत्यु पछि नै उनी आफैले यो कम्पनी सम्हाल्दै आएकी छिन् ।

अष्ट्रेलियाको खनन कम्पनी ह्यानकक प्रोस्पेक्टिङकी मालिक जीना राइनहार्ट (१४८०) नेतृत्वको कम्पनी आजकाल तेल र ग्याँसको व्यापार पनि गरिरहेको छ ।
लगभग ५२० करोड रुपैयाँको सम्पत्तिसँगै चीनको हुइयान एसियाकी सबैभन्दा धनी महिला हुन् । आफ्नो बुवाको रियल स्टेट सम्हालेकी ३३ वर्षीय हुइयान संसारको सबैभन्दा धनी युवती हुन् ।

यस्तैमा नेपाली मुलकी जमुना गुरुङ यसवर्ष अष्ट्रेलियाकी आठौँ धनी महिला बन्न सफल भएकी छिन् । गतवर्ष ११ औँ स्थानमा रहेकी उनी यसवर्ष २ सय ६४ मिलियन डलर सम्पत्तिसहित आठौँ नम्बरमा उक्लेकी छिन् ।

0 comments

Write Down Your Responses