अबको ५० वर्षमा संसारका सबै पुरुष नपुंशक !


March 21, 2015
एजेन्सी । पुरुषहरुलाई खतराको खबर आएको छ । अबको ५० वर्ष पछि संसारका सबै पुरुषहरु नपुंशक हुन सक्ने सम्भावना उच्च रहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै पुरुषहरुको पुरुषत्व नै खतरामा पर्ने देखिएको हो ।

यसरी पुरुषहरूलाई नपुंशक बनाउने कारक तत्वहरूमा बढ्दो पारिवारिक तथा व्यक्तिगत तनाव, मोटोपनसँगै वातावरणीय प्रदूषण रहेको छ ।
अहिले भइरहेका धेरै अध्ययनहरूले पुरुषको प्रजनन तथा यौन क्षमतामा निकै गिरावट आइरहेको छ । अध्ययनहरूमा भनिएको छ कि यस्तै चाला रहिरहने हो भने आउँदो ५० वर्षमा पुरुषहरूको प्रजनन क्षमता शून्यको नजिक पुग्छ ।
भारतको रिप्रोडक्टिभ गाइड लाइन्समा कार्यरत डाक्टर पी.एम भार्गवका अनुसार ९० को दशकदेखि पुरुषहरूको प्रजनन क्षमतामा कमी आइरहेको छ ।
अझ पश्चिमा देशका पुरुषहरूमा यो समस्या झनै बढीरहेको छ भने एसियाली मुलुकहरुमा पनि त्यस्तै देखिएको छ ।
डा।भागर्वका अनुसार बढ्दो वातावरण प्रदूषणको कारण पुरुषहरूमा फिमेल हार्मोन असाध्यै कममात्र उत्पादन भइरहेको छ । जसले गर्दा पुरुषमाहरू यौन क्षमता घटिरहेको छ ।
त्यस्तै, स्कटल्यान्डमा सात हजार पुरुषहरूमा सन् १९९८ देखि लगातार भइरहेको अध्ययनले पनि हार्मोन कम उत्पादन भइरहेको देखाएको छ ।
पुरुषत्व जोगाउनकालागि अब विज्ञानले नयाँ चमत्कार गर्नुपर्ने देखिएको डा. भार्गवको भनाई छ ।

0 comments

Write Down Your Responses