वैदेशिक रोजगारीमा साउदी पुगेकी महिलालाई फाँसीमा चढाएर टाउको काटियो

२०७२ वैशाख ४ गते


काठमाडौं, वैशाख ४ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब पुगेकी एक महिलाको मृत्यु भएको छ ।
साउदीमा घरेलु कामदारका रुपमा कार्यरत इण्डोनेशियालीकी महिला कामदारको टाउको काटेर मृत्युदण्ड दिइएको हो ।

यो घटनाको मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले विरोध गरेको छ ।

मालिकले यौन शोषण गरेपछि छुरा प्रयोग गरी मालिकको हत्या गरेको अभियोगमा ती महिलालाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार मदीनामा रहेकी जैनब दुहरी मानसिक रुपमा कामजोर थिइन् । उनलाई फाँसीमा चढाएर घाटी काटिएको थियो । एजेन्सी

0 comments

Write Down Your Responses