हिरोइनले नै हिरोइनसँग जबरजस्ती गर्न खोजेपछि…

२०७२ वैशाख ४ गते

मुम्बई । हिरोले हिरोइनको यौन शोषण गरेको त सुन्नु भएको होला । निर्देशकले पनि हिरोइनलाई यौन प्रस्ताव राखेर फिल्ममा इण्ट्री गराएको पनि सुन्नु भएकै होला । तर यहाँ त हिरोइनले हिरोइनकै यौन शोषण गरेको खुलासा भएको छ ।


बलिउडकी चर्चित हिरोइन सोनाक्षी सिन्हाले हिरोइनको यौन शोषण गरेको आरोप लागेको छ । भारतको टिभी च्यानल शो बिग बोसकी हिरोइन पूजा मिसराले आफुलाई यौन शोषण गरेको आरोपमा सोनाक्षी सहित पाँचभ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

पूजाको आरोप छ-‘सोनाक्षी सिन्हा र उनकी आमा पूनम समेत ५ जनाले उनको यौन शोषण गर्ने प्रयास गरेका थिए ।’ प्रहरीका अनुसार पूनम सिन्हा, सोनाक्षी सिन्हा, मोडल इशा कोपिकर र उनके पति समेत एक अन्य व्यक्ति विरुद्ध पूजाले मुद्दा हालेकी हुन् ।

आरोप अनुसार यी सबैले अलग अलग व्यक्तिबाट पूजाको यौन शोषण गराउने प्रयास गरेका थिए । सोनाक्षीका एक व्यक्तिले पूजाको पर्स र उनको सिगरेट चुढेर लगेका थिए ।
साथै उनको अनुमती विना होटलको कोठामा सोनाक्षीका ति व्यक्ति घुसेका थिए । आरोप दर्ता भएपछि प्रहरीले सोनाक्षीसँग सोधपुछको प्रयास गरिरहेको जनाएको छ । तर सोनाक्षीले यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् । एजेन्सी

0 comments

Write Down Your Responses