भारतमा बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु
बाँके । भारतमा बस दुर्घटना हुँदा ५ नेपालीको ज्यान गएको छ । शनिबार भएको दुर्घटनामा ११ जना नेपाली यात्रु घाइते भएका छन् । भारतको गुजरातबाट रुपैडिया हुँदै नेपालगञ्ज आउँदै गरेको बस शनिवार विहान राजस्थानको उदयपुर जिल्लामा दुर्घटनामा परेको हो । तीव्र गतिका कारण बस मोडमा पल्टिएको थियो । दुर्घटनामा परी ज्यान गुमाएकामध्ये एकको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सुर्खेत लेखफर्साका ६ वर्षीय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको अनुमान गरिएको छ ।
सुर्खेतकै केही व्यक्तिहरुले चलाउँदै आएको श्री पञ्चकोशी ट्राभल्सको उक्त बसमा सुर्खेतका नागरिकहरु घर आउन चढेका थिए । गुजरातमा रहेका हरी महरले चारजनाको सनाखत हुन नसकेको र उनीहरु सबै सुर्खेतका हुनसक्ने बताए । उनका अनुसार घाइते भएका ११ जनाको उदयपुरमा रहेको भूपाल राजकीय हस्पिटलमा उपचार भइरहेको छ । पाँच जना नेपालीले सञ्चालन गदै आएको बस दुर्घटनामा परेपछि सञ्चालकहरु पनि फरार भएको अन्नपूर्ण पोष्टमा समाचार छ ।
बस दुर्घटनामा परेपछि बसमा रहेका अन्य नेपालीहरु स्थानीय धर्मशालामा अलपत्र परेका छन् । यस्तै केही यात्रुहरु अस्पतालमा रहेको महरले जानकारी दिए ।
0 comments
Write Down Your Responses