३१ बर्षको उमेरमा नायिका निधन
आइतबार, जेठ २४,
तेलुगु अभिनेत्री आरती अग्रवालको ३१ बर्षको उमेरमा निधन भएको छ । न्यूजर्सीको अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । छातीमा अप्ठयारो भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
न्यूजर्सीमै जन्मिएकी आरतीले सन २००१ मा तेलुगू चलचित्र ‘नुब्वु नाकु नचव’ वाट अभिनय सुरु गरेकी थिईन् । उनको पहिलो चलचित्र अत्याधिक सफल भएको थियो ।तेलुगु अभिनेत्री आरती अग्रवालको ३१ बर्षको उमेरमा निधन भएको छ । न्यूजर्सीको अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । छातीमा अप्ठयारो भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनले नव्वु लेका नेनु लेनु, ईन्द्रा, वसन्तम लगायतका चलचित्रमा काम गरेकी थिईन् । सन २००५ मा सहकलाकार तरुणसँग प्रेम सम्बन्ध गाासेपछि उनको जीबन तनाबग्रष्त थियो । उनले त्यही प्रेमका कारण एक पटक आत्महत्याको प्रयास समेत गरेकी थिईन् ।
उनले २५ चलचित्रमा अभिनय गरेकी छिन् । अन्तिम चलचित्र ‘रनम २’ शुक्रवारदेखि प्रदर्शन सुरु भएको छ ।
0 comments
Write Down Your Responses