साउदी अरबले दिएका १२ हजार थान त्रिपाल सरकारी गोदामबाटै गायव

काठमाडौं ।


 भूकम्प पीडितका लागि साउदी अरब सरकारले पठाएका १२ हजार थान त्रिपाल सरकारी राहत गोदामबाटै हराएका छन् । साउदी अरबले प्रति त्रिपाल १ लाख पर्ने १२ हजार थान त्रिपाल पठाएको थियो । ती त्रिपाल हराएपछि ब्यवस्थापिका संसदको लेखा समितिले चासो दिएको छ । राहतमा सरकारी कर्मचारीदेखि मन्त्रीसम्मको मिलेमतो देखेपछि लेखा समितिले चार मन्त्रीलाई बैठकमा बोलाएको छ । बिहीबार लेखा समितिको बैठकमा त्रिपाल हराएको बारे सभासद्ले सरकारको कडा आचोचना समेत गरेका छन् । राहतमा भ्रष्टाचार गर्नेलाई ‘महाअपराधी’ घोषणा गर्न माग समेत सभासद्ले गरेका थिए ।
विनाशकारी भूकम्पपछि विपत्तिमा परेका पीडितका लागि संकलित राहत सामग्रीमै अनिमितता भएपछि लेखा समितिले गम्भिर चासो दिएको छ । विपत्तिपछि उद्धार, राहत संकलन तथा वितरण र पुनःस्थापनाको क्षेत्रमा काम गरिरहेका गृह, अर्थ, आपूर्ति र शहरी विकाससहित चार मन्त्रीलाई बैठकमा बोलाएको छ । समितिले राहत, तथा पुनःस्थापनामा देखिएको अनिमितताबारे जानकारी दिन मन्त्रीहरुलाई बैठकमा बोलाएको छ । ‘राहत तथा पुनस्थापनामा अनिमितता देखेपछि मन्त्रीहरुलाई बोलाएका हौँ’ समितिका सभापति जनार्दन शर्माले बताए ।
भूकम्प पीडितलाई वितरण गर्न सहरी विकास मन्त्रालय किनेको त्रिपालमा २ सय प्रतिसत कमिशन खाएको भन्दै सभासद्हरुले आक्रोस पोखेका छन् । शहरी विकास मन्त्रालयले कोटेशनमार्फत् किनेको १ लाख २८ हजार ७ सय पालको गुणस्तर तथा बजार मूल्यअनुसार प्रतिगोटा बढीमा १ हजार रुपैयाँ परेपनि प्रतिगोटा  ३ हजारसम्म तिरेको सभासद् रामहरि खतिवडाले बताए।

0 comments

Write Down Your Responses